साइनो समाचारदाता
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा जनाएका हुन् । देशका २३ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमितहरुमध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् ।
अहिलेसम्म चार हजार छ सय ५६ जना कोरोना निको भएर घर फर्किएका छन्। कोरोनाबाट नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। बुधबार अछामका एक जनाको मृत्यु भएको हो। उनी मधुमेहका बिरामी थिए। गत असार १६ गते उनमा कोरोना पुष्टि भएको थियो। मन्त्रालयले छिटै १० वटा प्रयोगशाला थप गरी परीक्षण गर्ने प्रवक्ता गौतमले बताए।
















