पथरी
तिन वर्ष अघि सम्म पथरीशनिश्चरे ३ का ठाकुर अधिकारीलाई १ विगाहा खेति गर्न दुई हप्ता भन्दा वडि लाग्थ्यो । घरमा पालेको गोरुले १५ दिनसम्म जोत्ने र दैनिकी धान रोप्ने मेलो वनाउन उनको ध्याउन्न हुन्थ्यो ।
दैनिक गोरुले खेत रोप्दा समय धेरै लाग्थ्यो भने रोपाइ गर्न पनि धेरै दिन लाग्थ्यो । तर अहिले समय फेरीएको छ । खेतिपातीमा प्रविधीको विकाश संगै उनको दिनचार्य पनि फेरीएको छ ।

गोरु पाल्ने झन्झट हराएको छ भने त्यसको स्थान ट्याक्टरले लिएको छ । अधिकारीले भने ‘प्रविधिले किसानलाई सजिलो वनाएको छ । ’
गोरु पाल्ने किसानले दैनिकी थोरै रोपाइ वनाए पनि ट्याक्टर प्रयोग गर्ने को संख्या वडेको छ ।
ट्याक्टरको प्रयोगपछि धेरै खेती रोपाईको लागी खेती तयारी हुन थालेको छ । धेरै खेती एक्कै दिन रोप्न समस्या हुन थालेपछि पथरीशनिश्चरे ३ का महिलाले समुह वनाएर रोपाइ गर्न थालेका हुन् । ४ वर्ष अघि देखी उनीहरु यसरी समुह वनाएर रोपाई गर्दै आएका हुन् ।

धान रोप्न ट्याक्टर प्रयोग संगै स्थानिय महिलाहरुले घण्टे रोजगारी अभियान थालेका हुन् । समुह समुह वनाएर उनीहरुले धान रोपाइ गर्न थालेका हुन् । पथरीशनिश्चरे ३ मा मात्रै यस्ता ५ वटा समुह रहेका छन् । धान रोप्ने,काटने काम समुहले गर्दै आएको छ ।
पहिला पहिला अर्मपर्ममा रोपीने असारे खेति अर्मपर्म पनि गर्न छोडेपछि काम गर्ने मान्छेको अभाव हुन थालेको थियो । यसरी रोपाहार अभाव भएसंगै खेतीपाती गर्ने कार्य नै प्रभावित वनेपछि स्थानिय महिलाहरुले घन्टे अभियान थालेका हुन् ।
‘पहिला पहिला अर्मपर्ममा १२ घण्टा सम्म काम गर्नु पथ्र्यो अहिले दैनिक २ घण्टा मात्र काम गर्ने गरेका छौ’ स्थानिय महिला चन्द्रा खतिवडाले भनिन ‘काम गर्न पनि सहज भएको छ भने दैनिक आम्दानी पनि हुन थालेको छ’।
समुहमा आवद्धहरुले रोपाई गरेको प्रति घण्टा १सय ५० प्रति जन लिने गरेका छन् । एउटा समुहमा १२ देखि २५ जना सम्म आवद्ध रहेका छन् । एक दिनमा ४ घण्टा मात्र रोपाईमा श्रम गर्दै आएका समुहका महिलाहरुले यो अभियान थालेपछि काम गर्न सहज भएको प्रतिक्रिया दिएका छन् ।
असार र साउनमा समुह लगाएर रोपाइ गर्नेको चलन वसेको छ हाम्रो समुहको यो महिना भरि अग्रीम नै कामको टुङ्गो लागेको छ खतिवडाको प्रतिक्रिया थियो । गाँउमा समुहले काम गर्न थालेपछि स्थानियवासीलाई पनि रोपहार खोज्ने समस्या टरेको छ ।
पथरीशनिश्चरेका यी महिलाहरुलाई एक संस्थाले यसरी समुह वनाएर खेती गर्न तरिका सिकाएको हो । सोहि संस्थाले समुह वाट आएको पैसा वचत गर्न पनि सिकाएको थियो ।
समुहमा आवद्ध महिलाहरु स्थानिय वचत सस्थामा समेत आवद्ध वनेका छन् । सामुहिक रुपमा सुरु गरिएको यो कार्यले स्थानिय क्षेत्रमा रोपाइ गर्ने वेलामा हुने कृषी श्रमीकको अभाव टारेको छ भने किसानलाई लामो समय लगाएर रोपाई गर्नु पर्ने वाध्यता पनि हटेको छ ।
ट्याक्टर प्रयोग गरेर नयाँ कृषि पद्धती अपनाएका किसानले एक्कै दिनमा धान रोप्ने मेलो वानाउने किसानलाई यसरी समुहिक रुपमा गरिने रोपाईले थप टेवा पु¥याएको छ ।
कृषि ज्ञान केन्द्र मोरङ्गका प्रमुख नुुनुलाल उरावका अनुसार मोरङ्गमा असार १५ गते सम्ममा २८ प्रतिशत रोपाई भएको छ । मोरङ्गमा ७५० विगाहा धान जोन क्षेत्र रहेको छ ।
















