प्रेम केडि भट्टराई पथरी/
यति वेला आफ्ना नानिहरुका लागि अभिभावकको पहिलो रोजाईमा अङ्ग्रेजी माध्यमको पठनपाठन रहने गरेको छ । अन्तरास्ट्रिय स्तरमा व्यापक प्रयोग हुने अङ्ग्रेजीको बढ्दो मोहको परिवेशमा सामुदायिक विद्यालयहरुले समेत अङ्ग्रेजी माध्यमको पढाईलाई जोड दिन थालेका छन ।
पथरीशनिश्चरे नगर भित्रका धेरै सामुदायीक विद्यालउले अंग्रेजी माध्यम संचालन गर्दै र्आका छन । यहि लकडाउनको समयमा प्रत्येक स्कुलमा ७०/८० जना विध्याथी अंग्रेजी माध्यममा भर्ना भएको सामुदायीक स्कुलहरु बताउदछन । लकडाउनले आर्थिक समस्या भएको बेला सामुदायीक विद्यालयले अंग्रेजी शिक्षा सुरु गर्नुले बिध्यार्थी र अभिभावकहरु सामुदायीक विध्यालय तर्फ आकर्षित भएको शिक्षकको बुझाई छ ।

यो लकडाउनमा निजी विद्यालयले शुल्क छुटका विषयमा निर्णय गर्न नसक्नु र सामुदायीकी विद्यालयले अंग्रेजी सुरु गरेका कारण सरकारी विद्यालयमा विध्यार्थीको चाप वढेको विद्यालयहरुले जानकारी दिएको छ ।
राज्यले विपन्न वर्गका बालबालीकाहरुलाई अंग्रेजी शिक्षाको कमी नहोस भनेर सामुदायीक स्कुलमा अंग्रेजी माध्यम सुरुगरेको विद्यालयहरुको भनाई छ । सामुदायीक विद्यालयमा अंग्रेजीमा दक्ष शिक्षक शिक्षिकाहरु नियुक्त गरि निजी विद्यालय भन्दा उत्कृष्ट पठन पाठन हुने भएकाले अभिभावकहरुलाई आफ्ना बालबालीका सामुदायी विद्यालयमा भर्ना गर्न नगरले आवहान गरेको छ ।
त्यसमा पनि कोरोना संक्रमणले जनजिवन अस्त ब्यास्त भै रहेको समयमा सामुदायीक स्कुलले निशुल्क अंग्रेजी माध्यम संचालन गरे पछि अभिभावकहरुको रोजाई सामुदायीक विद्यालय हुन थालेको हो । निजी विद्यालयको चर्को शुल्क र सुगा रटाई बिद्याले विध्यार्थीमा कितावी ज्ञान र ग्रेड मात्र आउने तर ब्यावहारी ज्ञान भने कमि हुने गरेको अभिभावक बताउछन ।
सरकारले सामुदायीक विद्यालयमा अंग्रेजी माध्यम अगाडी सारे संगै निजी विद्यालयहरु संकटमा परेका छन । तर सामुदायीक विद्यालयमा पढाउने शिक्षक आफै निजी विधालय संचालक भएका कारण सरकारको योजना कति सफल हुने भन्नेमा दुविधा पनि छ । अझ अनौठो त के छ भने सरकारी शिक्षक शिक्षिकाहरु आफुले पढाएको विश्वास नलागेर आफेनै छोरा छोरी निजी विद्यालयमा पढाउछन । जुन स्कुलमा आफु पढाउछन त्यो स्कुल र आफुले पढाएको शिक्षा प्रति आफैलाई विश्वास गर्दैन्न सरकारी शिक्षकहरु ।
पथरीशनिश्चरे नगर सभाले आर्थिक बर्ष २०७७/७८ देखि सरकारका कर्मचारी र शिक्षकले आ–आफ्ना छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने निती पास गरेको छ ।
#पञ्चायत मध्यमीक विद्यालय

पथरीशनिश्चरे नगरकै ठुलो विद्यालय पञ्चायत मध्यमीक विद्यालयमा कक्षा १२ सम्म संचालन छ जस्मा १० कक्षा सम्म नेपाली र अंग्रेजी दुबै माध्यममा पढाई हुने गरेको छ । २२ सय हाराहारी बिध्यार्थी रहेका स्कुल नमुना विद्यालयको कार्ययोजना सुरु भै सकेको छ । नर्सरी देखी ३ सम्मका बालबालीकाको लागि छुटै भवन, अनुभवी शिक्षिका र स्वास्थ कर्मचारी सहितको कक्षा संचालन हुदै आएको छ ।
५ बर्षे नमुना विध्यालयको भवन सुरु भएको विद्यालयमा प्राविधिक शिक्षा सिभिल इन्जिनियर, विज्ञान संकाय, ब्यावस्यापन, कानुन, शिक्षा र मानविकी जस्ता नगकै धेरै संकायमा पठन पाठन हुदै आएको छ । एउटै छाता मुनी सबै माध्यममा पठन पाठन हुने भए पछि अभिभावकको रोजाई बनेको छ पञ्चायत मावी ।
आउदा दिनमा आफ्ना छोराछोरीको रोजाईका विषयमा पढाउन चाहानेले पञ्चायत मावी रोज्ने गरेको प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी बताउनु हुन्छ । पञ्चायत मावी विज्ञान संकायमा सरकारी कोटामा गुणस्तरीय शिक्षा दिदै सामुदायी बिध्यालय तर्फ नेपालकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
पथरीशनिश्चरेमा नाम चलेका शिक्षक शिक्षिाकाहरुद्धारा पठन पाठन हुने भएकाले यहि शैक्षिाक सत्रमा विध्यार्थीको चाप बढेको छ । लकडाउनले विध्यालय बन्द हुदा समेत बालबालीका भर्ना गर्दै पाठेयपुस्तक लानेको संख्या बढेको प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी बताउनु हुन्छ । अंग्रेजी शिक्षाका कारण नयाँ बिध्यार्थीले सबै पाठ्यपुस्तक लगि सके अव पुराना विध्यार्थीका लागि शिक्षा कार्यलयमा पहल गर्नु पर्ने शिक्षकले बताए ।
#जनता माध्यमीक विद्यालय

पथरीशनिश्चरे ३ मा रहेको जनता माध्यमीक विद्यालयमा पनि कक्षा ८ सम्म अंग्रेजी माध्यममा पठन पाठन हुदै आएको छ । विध्यालय आई सिटी प्रबिधीमा प्रबेश गरेकाले विद्यालयको आफ्नै छुटै पुस्तकालय, कम्पुटर ल्याव, विज्ञान प्रयोगसाला र आधुनीक कक्षाकोठा रहेको प्रध्यानाध्यापक पदम सापकोटाले बताउनु भयो । कक्षा ६, ७ र ८ मा छुटै कक्षा संचालन हुदै आएको विद्यालयमा विध्यार्थीहरुको संख्या बढे साना कक्षा पनि छुटाछुटै संचालन गर्ने सापकोटाले बताउनु भयो । जनता मावीमा वर्षेनि ९० /१०० विध्यार्थी अंग्रेजी माध्यममा पढ्न आउने गरेका छन । कक्षा १२ सम्मको अध्यायन हुने स्कुलमा कक्षा ९ र १० मा ईन्टर एक्टीभ फ्याट प्यानल बोड मार्फत कक्षा संचालन हुदै आएको छ ।
कक्षा १२ सम्मको अध्यायन हुने स्कुलमा कक्षा ९ र १० मा ईन्टर एक्टीभ फ्याट प्यानल बोड मार्फत कक्षा संचालन हुदै आएको छ । नर्सरी देखि ५ क्क्षा सम्म पुरुै अंग्रेजी कक्षा संचालन हुदै र्आको र निजी विद्यालय सरह पाठ्य पुस्तकद्धारा दक्षा शिक्षक शिक्षिकाले अध्यायन हुदै आएको कर्मचारी हेमन्त ओझाले जानकारी दिनु भयो ।
#सिंह वाहिनी माध्यमिक विद्यालय

मोरङ्गको पथरी शनिश्चरे ९ रिगुवामा स्थापित सिंह वाहिनी माध्यमिक विद्यालयले कक्षा १ बाट १० सम्मै अङ्ग्रेजी माध्यम शुरु गरेको छ । वि.सं २०६६ सालमा कक्षा १ बाट शुरु भएको अङ्ग्रेजी माध्यमको पठन पाठन यस बर्षबाट १० कक्षामा पुगेको विद्यालयका प्रधानाध्यापक जगतमणी गौतमले जानकारी दिनु भयो । सिंह वाहिनी माध्यमिक विद्यालयले २०७५ सालमा सामुदायीक विद्यालय तर्फ नगरै उत्कृष्ट नतिजा निकाल्न सफल रहेको शिक्षक विवेक न्यौपानेले बताउनु भयो ।
विध्यार्थीहरुमा अङ्ग्रेजी र नेपाली दुवै भाषाको समान ज्ञानको आवश्यकता अभिभावकहरुले महसुस गरेको कारण दुई वटै माध्यमका पाठ्यपुस्तकको व्यवस्था सहित अध्यापन भैरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टंक भण्डारीको भनाई छ । उक्त विद्यालयमा लकडाउनको समयमा अंग्रेजी माध्यममा मात्रै ८० भन्दा बढि विध्यार्थीहरुले कक्षा १ देखि १० सम्म भर्ना भएको विध्यालय स्रोतले बताएको छ ।
#बुद्ध माध्यमिक विद्यालय

पथरीशनिश्चरे ८ मा रहेको नगरकै जेठ्ठो विद्यालय बुद्ध माविमा कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाई हुदै आएको छ । प्रत्येक बर्ष अंग्रेजी माध्यममा कक्षा थप गर्दै अभिभावकको रुची अनुसार जनक शिक्षाका बाहेक अन्य अंग्रेजी पाठ्य पुस्तक पढाउन थाले प्रधानाध्यापक बोदराज सिक्देल बताउनु हुन्छ । अंग्रेजी सुरु गरे पछि प्रत्येक वर्ष अंग्रेजी माध्यममा ४०/५० नयाँ विध्यार्थी भर्ना हुन थालेको सिक्देलले बताउनु भयो ।
बुद्ध माविले विध्यार्थीलाई अंग्रेजी शिक्षामा दक्ष बनाउनका लागि दक्ष शिक्षक शिक्षिकाहरु नियुक्ती गरि सन्तोषजनक नतिजा निकालेको छ । सरकारी विद्यालय भए पनि निजी विध्यालय भन्दै केहि कुरामा फरक नपर्ने गरि नर्सरी देखी १२ कक्षा सम्म संचालन हुदै आएको छ ।
#बालकल्याण माध्यमिक विद्यालय
पथरीशनिश्चरे ७ किर्तिपुरमा रहेको बालकल्याण माध्यमिक विद्यालयले यहि सैक्षिक सत्र देखि विध्यार्थीको भर्ना संख्या हेरेर अंग्रेजी कक्षा संंचालन हुने भएको छ । विद्यायका प्रधानाध्यापक रोहिणी घिमिरेले किर्तिपुर बासी अभिभावकहरुलाई आफ्ना बालबालीकालाई अंग्रेजी माध्यममा पढाउन चाहे बालकल्याण माध्यमिक विद्यालयलमा भर्ना गराउन आग्रह गनु भएको छ ।
पथरीशनिश्चरेको सामुदायीक विद्यालयहरुमा समय सापेक्ष शिक्षाका लागि कम्पुटर कक्षा, प्रोजेक्टर, मल्टिमिडिया कक्षा र अङ्ग्रेजी माध्यमका लागि छुटै कक्षा संचालन हुदै आएको बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रोहिणी घिमिरे बताउनु हुन्छ ।
चन्द्र किरातेश्वर माध्यमिक विद्यालय
पथरीशनिश्चरे ७ किराती चौकमा रहेको चन्द्र किरातेश्वर माध्यमिक विद्यालयमा मेनपावरको कमिले अंग्रेजी माध्यम सुरु हुन नसके पनि विद्यालयको पढाई र व्यावस्थापन राम्रो भएका कारण निजी विध्यालय छोडि आउनेको संख्या धेरै रहेको शिक्षक महेन्द्र ढुङगानाको भनाई छ । मावि शिक्षककोे दर्वन्दी नभए पनि मावि कक्षा संचालन गर्नु पर्ने बाध्यताले अंग्रेजी माध्यम संंचालन हुन सकेको छैन । तर सामुदायीक विध्यालय तर्फ डिस्टिन्सन नतिजा निकाल्ने विधालय हो चन्द्र किरातेश्वर मावी ।

















