साइनो समाचारदाता
पथरी । प्रदेश नम्बर १ को १४ जिल्लामा सक्रमित संख्या ५ सय ६० पुगेको छ ।
आइतबारसम्ममा सबै भन्दा बढी झापामा २१ महिलासहित २ सय १७ जना संक्रमित देखिएको छ । ती मध्ये १ महिलासहित १ सय ६६ जना डिस्चार्ज भएका छन् । मोरङमा १९ महिला र १ सय ३३ जना पुरुष गरी १ सय ५२ जना संक्रमित देखिएको छ । ६ महिलासहित ८३ जना सो जिल्लाबाट डिस्चार्ज भएका छन् । १७ महिला, ६९ पुरुषसहित ८६ जना सुनसरीमा भेटिएको संक्रमित मध्ये ५ महिला सहित ५६ जना डिस्चार्ज भएका छन् । ८ संक्रमित मध्ये धनकुटाबाट ६ पुरुषसहित ८ डिस्चार्ज भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरले जनाएको छ । भोजपुरमा ६ पुरुष संक्रमित मध्ये सबै डिस्चार्ज भएको मन्त्रालयका कानुन सचिब भरतमणी रिजाल जनाए । खोटाङका ४, सोलुखुम्बुका १, संखुवासभाका २, तेह्रथुमका ३ र ताप्लेजुङका ४ जना संक्रमित मध्ये सबै डिस्चार्ज भएका छन् ।
त्यस्तै उदयपुरमा हालसम्ममा १७ महिला, ४८ पुरुष गरी ६५ जनामा संक्रमित रहेको मध्ये ८ महिला ३३ पुरुष गरी ४१ जना डिस्चार्ज भएका छन् । ८ पुरुष संक्रमित मध्ये २ इलामका पुरुष डिस्चार्ज भएको बताइएको छ । पाँचथरका ३ मध्ये २ पुरुष डिस्चार्ज भएका छन् भने १ महिला उपचाररत छिन् ।
















