
साइनो समाचारदाता
काठमाडौ । आइतबार कोरोना भाइरसका चार सय ६३ जना नयाँ संक्रमित थपिएका छन्। यो विगत २४ घण्टामा २० वटा प्रयोगशालाबाट आएको तथ्यांक हो । १ सय ५ महिला र ३ सय ५८ पुरूष गरी ४ सय ६३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
बाजुरामा ६३ जना, महोत्तरीका ५६ जना, गुल्मीका ३८, प्युठानका ३५, दाङका ३४, बाजुरा र नवलपुरका ३१/३१ जना, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटका १७/१७ जना, डोटीका १३, रुपन्देहीका १२ र धनुषाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुका ८ जना, उदयपुर, तनहुँ र अर्घाखाँचीका ६/६ जना, कास्कीका ५, खोटाङका ४ र झापा, दोलखाका पर्वत, म्यादी र पाल्पाका २/२ जना सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या बढेर आइतबारसम्ममा १२ हजार सात सय ७२ पुगेको हो।
आज ४ हजार ९ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। अहिलेसम्म तीन हजार १३ जना कोरोना निको भएर घर फर्किएको र २८ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशका ७७ जिल्लामै कोरोनाका संक्रमित देखिएको छ।
















