प्रदेश १ को कोरोना रिपोर्टः कुन जिल्लामा कति संक्रमित, कति डिस्चार्ज ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदेश १ को कोरोना रिपोर्टः कुन जिल्लामा कति संक्रमित, कति डिस्चार्ज ?

साइनो समाचारदाता

 

पथरी । प्रदेश नम्बर १ को १४ जिल्लामै कोरोना कोभिड १९ संक्रमण देखिएको छ । सबै जिल्लामा संक्रमित देखिएसँगै संक्रमितको संख्या ५ सय ३३ पुगेको छ ।

शनिबारसम्ममा सबै भन्दा बढी झापामा १९ महिलासहित २ सय १५ जना संक्रमित देखिएको छ । ती मध्ये १ महिलासहित १ सय ६५ जना डिस्चार्ज भएका छन् । मोरङमा १८ महिला र १ सय १७ जना पुरुष गरी १ सय ३५ जना संक्रमित देखिएको छ । ६ महिलासहित ८३ जना सो जिल्लाबाट डिस्चार्ज भएका छन् । १७ महिला, ६८ पुरुषसहित ८५ जना सुनसरीमा भेटिएको संक्रमित मध्ये ५ महिला सहित ५६ जना डिस्चार्ज भएका छन् । ८ संक्रमित मध्ये धनकुटाबाट ६ पुरुषसहित ८ डिस्चार्ज भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरले जनाएको छ । भोजपुरमा ६ पुरुष संक्रमित मध्ये सबै डिस्चार्ज भएको मन्त्रालयका कानुन सचिब भरतमणी रिजाल जनाए । खोटाङका ४, सोलुखुम्बुका १, संखुवासभाका २, तेह्रथुमका ३ र ताप्लेजुङका ४ जना संक्रमित मध्ये सबै डिस्चार्ज भएका छन् ।

त्यस्तै उदयपुरमा हालसम्ममा १३ महिला, ४६ पुरुष गरी ५९ जनामा संक्रमित रहेको मध्ये ८ महिला ३३ पुरुष गरी ४१ जना डिस्चार्ज भएका छन् । ७ पुरुष संक्रमित मध्ये २ इलामका पुरुष डिस्चार्ज भएको बताइएको छ । पाँचथरका ३ मध्ये २ पुरुष डिस्चार्ज भएका छन् भने १ महिला उपचाररत छिन् । पछिल्लो पटक संक्रमण देखिएको जिल्ला हो, ओखलढुंगा । सो जिल्लामा १ पुरुषमा संक्रमण देखिएको हो । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट हप्तादिन घर फर्किएका संक्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् ।

सम्बन्धित खवर