सिराहामा कर्मचारी र स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना पोजेटिभ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सिराहामा कर्मचारी र स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना पोजेटिभ

साइनो समाचारदाता सिराहा/ राज्यको फितलो व्यावस्थापनका कारण क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी र स्वास्थकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोनाको संक्रमण बढेसगैँ क्वारेन्टाइन व्यवस्थापनमा कम्जोरी देखिन थालेको हो । सिराहाले व्यावस्थापन गर्दे आएका सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीमा समेत कोरोना पोजेटिभ देखिएको छ ।

सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना पुष्टि भएको हो।

पिसिआर परीक्षणको सोमबार आएको रिपोर्टमा पाँचजना कर्मचारी र स्वास्थ्यकर्मीसहित कोरोना संक्रमित रहेका छन् ।
संक्रमितहरू सिरहाको सिरहा नगरपालिकाका १३ देखि ८० वर्ष उमेर समूहका चारजना महिला र १९ जना पुरुषमा कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

उनीहरूको ४ असारमा स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं टेकु पठाएको थियो । सङ्क्रमणको पुष्टि भएलगत्तै उनीहरूलाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

यसअघि आइतबार पनि सिरहामा ५२ जना नयाँ संक्रमित थपिएका थिए ।

सम्बन्धित खवर