साइनो समाचारदाता पथरी/
मोरङको पथरीशनिश्चरेमा वडा नं. १० मा मोटरसाईकलको ठक्करबाट एक ब्याक्तीको मृत्यू भएको छ ।

दुर्घटनामा पथरीशनिश्चरे १० का ६५ बषिय चक्रबहादुर खड्काको मृत्यू भएको हो । मोटर साईकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिकाकी उपमेय यमुना विष्ट बास्तोलाका श्रिमान हेमचन्द्र बास्तोला रहेका छन ।
विहान ९ः३० बजेको समयमा दक्षिणबाट उत्तर साईकलमा आउदै गरेका खड्कालाई सोहि दिसाबाट आउदै गरेका बास्तोलाको बा ६९ प. ७४५ नं. मोटर साईकलले ठक्कर दिएको थियो ।
दुर्घटना पछि उपचारका लागि मोरङको नोवेल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको थियो । मोटरसाईकल चालक बास्तोलालाई प्रहरीको नियन्त्रणमा लिईसकेको र सवारी दुर्घटना मृत्यू अन्तगत मुद्धा अगाडी बढ्ने ईलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताए ।

















