साइनो समाचारदाता
पथरी । प्रदेश नम्बर १ मा पछिल्लो परीक्षणमा ओखलढुंगाका एक जनामा कोरोना (कोभिड १९) संक्रमण देखिएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । भारतबाट हप्तादिन घर फर्किएका संक्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । यो जिल्लामा संक्रमित देखिएसँगै प्रदेश १ मा संक्रमितको संख्या ४ सय ४९ पुगेको छ ।

सबै भन्दा बढी झापामा १ सय ८४, त्यसपछि मोरङमा १ सय १५ जना संक्रमित रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याँलय विराटनगरले जनाएको छ । सुनसरीमा ६६ जना,, धनकुटामा ८ जना, भोजपुरमा ६ जना, खोटाङमा ४ जना, उदयपुरमा ५२ जना, सोलुखुम्बु १, संखुवासभा, तेह्रथुम, इलाम र पाँचथरमा १÷१ जना, र ताप्लेजुङमा ४ जनालाई संक्रमण पुष्टि भएको हो । ४ सय ४९ संक्रमित मध्ये ४१ महिला र ४ सय ८ जना पुरष रेहका छन । हिजोसम्ममा ४ सय ३५ जना डिस्र्चाजमध्ये २ सय १८ जना पुरुष र १७ जना महिला डिस्चार्ज भएको मन्त्रालयका कानुन सचिब भरतमणी रिजाल जनाए ।
















