समृद्ध पथरीशनिश्चरेका आधारहरु समेट्न सक्छ नगरले ?: युवराज बास्कोटा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

समृद्ध पथरीशनिश्चरेका आधारहरु समेट्न सक्छ नगरले ?: युवराज बास्कोटा

नगरेले असार १० गते हुने नगरसभा २०७७/७८ निति तथा बजेट प्रस्तुत गर्न लागि रहेको छ । उत्कृष्ट निति तथा बजेट बनाउ नगरे नगरका विभिन्न क्षेत्रका ब्याक्तीहरु संग छलफल गरिरहेको छ । नगरले उत्कृष्ट निति तथा बजेट कार्यक्रम बनाउने तयारी गरिरहदा विनियोजन कार्यक्रमले समग्र पथरीशनिश्चरेलाई समेट्न सक्छ ? धेरैको जिज्ञासा रहेको छ ।
नगरको बिनियोजन गर्न लागेको ३३ करोड ६२ लाख बराबरको बजेटको बिनियोजनबारे धेरैको राय बाझिएको छ । असार ७ गते पथरीशनिश्चरेमा निति तथा बजेटका विषयमा नेकपा भित्र बैकठ सम्पन्न भएको छ । नगरको बजेट विनियोजनमा राय बमझिएको बैठकमा सहभागी एक नेताले बताए ।


बैठकमा सहभागी नेकपाका १ नं. प्रदेश सदस्य युवराज बास्कोटाले समग्र नीति कार्यक्रमबारे अन्तिम टुंगोमा नपुगी सिलिङ बजेट वितरण गर्न नहुने तर्कमा उठाएका थिए ।
बास्कोटाले समग्र नगरको विकासका लागि आसन्न वर्षमै नगरपालिकाले भवन निर्माण गर्नुपर्ने, माथिल्लो सरकारलाई सहयोग योजना पेस गर्नुपर्ने, नगरमा स्मार्ट रंगशाला क्रिकेट स्टेडियम, व्यायामशाला, मनोरञ्जन पार्क, ज्येष्ठ नागरिक सत्संग एवं विश्राम भवनको योजना नगरले अघि सार्नु पर्ने सुझाव दिएका थिए ।
सबै वार्डमा आफ्नै भवन, स्वास्थ कार्यलय, सामुदायीक भवन, कृषी उत्पादन संकलन केन्द्र तथा बिक्री केन्द्र, सुबिधा सम्पन्न अस्पताल, नगर शैक्षिक कार्यालय नभएकाले वजनताले सास्ती बेहोनु परेको बास्कोटाली बताएका छन ।


पथरीशनिश्चरे व्यापारको केन्द्र भएकोले व्यापारिक थलो निर्माण गरिनुपर्ने, नपा रिङ्गरोडको अवधारण अनिवार्य अघि सारिनुपर्ने, पर्यटन प्रबर्द्धनको सम्भावना भएकाले यसका निम्ति कार्यक्रम अघि सार्नुपर्ने, जनता आवास कार्यक्रम अनिवार्य सञ्चालनमा ल्याइनुपर्ने, सुकुम्बासी समस्या समाधानको खाका र अवधारण तयार गरिनुपर्ने, मानव विकास बैंक स्थापना गरिनुपर्ने, मानव अवस्था सूचांक तथ्यांक तयार गरिनुपर्ने, बजारमा उपलब्ध बेसाहारा हेरचाह तथा सुधार गृह निर्माण गरिनुपर्ने, कृषि कार्यक्रम प्रबद्र्धनका लागि स्थानीय स्तरमा माटो प्रयोगशाला भवन हुनुपर्ने, बेरोजगार युवाका लागि रोजगार तथा तालिम प्रशिक्षणको योजना हुनु पर्ने, स्थानीय क्षेत्रको पहिलो समुदायको सांस्कृतिक ग्राम हुनुपर्ने, प्राकृतिक एवं योग शिक्षालय निर्माणको अवधारण प्रस्तावित गरिनुपर्नेमा बास्कोटाले जोड दिएका थिए ।
नगर संयोजक मोहन तुम्बापाको अध्यक्षतामा बसेको बैठकमा नगरप्रमुख दीलिपकुमार राईंले प्रस्तावित आर्थिक वर्षको समग्र नीति कार्यक्रम प्रस्तुत गरेका थिए । आर्थिक वर्षको समग्र नीति कार्यक्रमका विषयमा उपप्रमुख यमुना बिष्ट बास्तोलाले आफ्नो अवधारणा प्रस्तुत गरेकी थिइन् ।
नीति तथा बजेट कार्यक्रममा नगर भित्रका जिल्ला र प्रदेश कमिटी सदस्यहरूको आ–आफ्नो अवधारण राखेका थिए । नगरलाई समृद्ध बनाउन नेकपाका चण्डीप्रसाद राईं, युवराज बास्कोटा, पर्शुराम मिश्र, लालबहादुर सुस्लिङ मगर, देवराज भण्डारी, भगतचन्द्र थपलिया, जीवन खतिवडा, उमानाथ अधिकारी, दिनानाथ तिम्सिनालगायतको थिए ।

सम्बन्धित खवर