शब्द थिएटरले अनलाइन नाट्य प्रतियोगिता गर्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

शब्द थिएटरले अनलाइन नाट्य प्रतियोगिता गर्ने

साइनो समाचारदाता पथरी । बन्दाबन्दीको सदुपयोग गर्दै शिल्पकला र अभिनयात्मक कलामा प्रोत्साहन तथा कला र साहित्यलाई जोड्नको लागि शब्द थिएटरले अनलाईन नाट्य प्रतियोगिता गर्ने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा कवि आचार्यकै कृतिमाथी अनलाइन नाटक प्रतिययोगिता गर्ने तयारी गरेको थिएटरले जनाएको छ ।

स्थानीय परिवेश र मौलिकता झल्किने कलात्मक नाटकको खोजी गर्नको लागि प्रतियोगिता गर्न लागेको आयोजक जीवन बरालले जानकारी दिए । प्रतियोगितामा जुनसुकै उमेर समूहका, नेपालका कुनै पनि राष्ट्रिय भाषामा तयार गर्न सकिनेछ । नाटक एकल वा बढीमा दुई जनाले बनाउनुपर्ने छ । नाटक बढीमा १० मिनेटसम्मको मात्र हुनुपर्ने छ भने १० मिनेटभन्दा लामो नाटक प्रतियोगितामा समावेश गरिने छैन । नाटकको भिडियो सम्पादन गर्न नपाईने र फिक्स फ्रेममा हुनुपर्ने छ ।

प्रतियोगीले आदिकबि भानुभक्त आचार्य कै कृतिमाथी नाटक तयार पारी यहि असार २५ गतेभित्र पठाईसक्नुपर्ने छ । नाटक शब्द थिएटरको ईमेल shabdatheatre@gmail.com अथवा सम्पर्कमा भएका ब्यात्तिहरूको ईमेल, ह्वाटएप्स, मेसेन्जर, भाईबरमार्फत पनि बुझाउन सकिनेछ । प्रतियोगितामा सहभागी हुन अनुरोध गर्दै शब्द थिएटरले पुरस्कारको राशी समेत सार्वजनिक गरेको छ । विजेताहरूले प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार, तृतीय पुरस्कार ५ हजार र प्रमाणपत्र रहेको छ । पुरस्कृत नाटक शब्द थिएटर मार्फत २०७७, २९ असारमा सार्वजनिक हुनेछ ।

सम्बन्धित खवर