आईओएमको डीन नियुक्तिप्रति विवेकशील नेपालीको विरोध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

आईओएमको डीन नियुक्तिप्रति विवेकशील नेपालीको विरोध

साइनो समाचारदाता काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन नियुक्तिप्रति विवेकशील नेपाली दलले विरोध जनाएको छ । प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेकी प्रध्यापक डा. दिव्या सिंहलाई योग्यता, क्षमता र बरिष्ठताको आधारविनै नियुक्ति गरिएको भन्दै विवेकशीलले विरोध जनाएको हो ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति जारी गर्दै आईओएमको डीन नियुक्ति सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत पनि भएको बताएकी छन् । विज्ञप्तिमार्फल विवेकशीलले राज्यका प्राज्ञिक निकायहरु बलियो भए मात्र लोकतन्त्र बलियो हुने भएकोले प्राज्ञिक निकायमा अनावश्यक राजनीतिक हस्तक्षेप नगर्नसमेत सरकारलाई सुझाव दिएको छ । यसअघि प्राध्यापक डाक्टर गोविन्द केसी र नेकपाकै विद्यार्थी संगठनले पनि आईओएमको डीन नियुक्तिप्रति विरोध जनाएका थिए ।

सम्बन्धित खवर