साइनो समाचारदाता
काठमाडौँ । शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका मोरङका १ सहित २३ जनाको शव नेपाल ल्याइएको छ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याइएको हो । ती मध्ये मोरङका युवराज अधिकारी पनि रहेका छन् ।
कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएको शब त्रिभुवन विमानस्थलबाट आफन्तको जिम्मा लगाइएको छ ।
कतारबाट महमुद अलमान मुसलमान, (कपिलवस्तु), मुस्ताक साइक, (सर्लाही), रुपेशकुमार मण्डल, (सिरहा) कुम्बा तामाङ, (लमजुङ), भक्तबहादुर थापामगर, (बाँके), राजेन्द्रप्रसाद मण्डल, (सप्तरी), मीनबहादुर थापा, (भोजपुर), नरबहादुर कामी, (सुर्खेत), मंगलबहादुर तामाङ, (भोजपुर), सुकराम थारु, (बर्दिया), अरुणकुमार पंजियार, (सर्लाही), शिवशंकर राउत, (महोत्तरी), चुतर्वा मण्डल, (धनुषा), जितेन्द्र थापामगर, (मकवानपुर), यामबहादुर थापा, (रुपन्देही), कासिदेव यादब, (सिराहा), सधोवाका पासवान, (सर्लाही), अनिल चौधरी, (महोत्तरी) र मनोज पासवान, (सर्लाही) छन् । वैदेशिक रोजगार बोर्डका अनुसार साउदीबाट भैरब बहादुर बस्नेत, कुवेतबाट सोनि तामाङ, (नुवाकोट) मानव आले, (सङ्खुवासभा) र युएईबाट पेम्बा नुर्बु शेर्पा, (सोलु)को शब ल्याइएको छ । बोर्डले ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था मिलाएको छ । साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइने तयारी भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
















