कोरोना सङक्रमणका कारण थप २ जनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोना सङक्रमणका कारण थप २ जनाको मृत्यु

साइनो समाचारदाता काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलालीका लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उनको मंगलबार मृत्यु भएकोमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । कैलालीकै गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पताल सारिएको थियो । यस सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

सम्बन्धित खवर