परीक्षणको दायरा बढाउनु पर्ने भन्दै युवाहरुले चलाए हस्ताक्षर अभियान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

परीक्षणको दायरा बढाउनु पर्ने भन्दै युवाहरुले चलाए हस्ताक्षर अभियान

धुलावारी
झापाको मेचीनगरका युवाहरुले पिसिआर परीक्षणको दायरा बढाउन देखि क्वारेन्टाइनको उचित व्यवस्थापन गराउन स्थानिय सरकारको ध्यानाकर्षण गराउँदै हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न गरेका छन ।
झापाको धुलाबारीमा भएको उक्त कार्यक्रममा १०० जना भन्दा बढी युवाहरुले हस्ताक्षर गर्दै स्थानिय सरकारलाई कोरोना भाइरसले सृजना गरेको यस असहज परिस्थितीमा सक्रृयता पुर्वक लाग्न आग्रह गरेका छन ।
पिसिआर परीक्षणको दायरा बढाउन, सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर्न, सिमाबाट नागरीकलाई सुरक्षित रुपमा भित्र्याउन, नगरको कोरोना कोषलाई पारदर्षी बनाउन, फ्रन्टलाईनमा काम गर्ने संचारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको पिसिआर परिक्षण गर्न र आर्थीक अवस्था कमजोर भएका मानिसलाई राहात उपलब्ध गराउन स्थानिय सरकारसगँ उनिहरुको माग रहेको छ ।
त्यस्तै होल्डिङ प्वाइन्टको सुरक्षित व्यवस्थापन गर्न, आरडिटी परिक्षण बन्द गरी पिसिआर परिक्षणको दायरा बढाउन तथा सम्पुर्ण नगरवासीलाई सुरक्षाको महसुस गराउन पनि स्थानिय सरकारलाई युवाहरुले माग गरेका छन ।

नेपालकै पश्चिमी जिल्ला कैलालीको क्वारेन्टाइनमा भएको सामुहिक बलात्कारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै त्यस्तो घट्ना फेरी नदोहोरीने गरी काम गर्न पनि मेचीनगरका युवाहरुले स्थानिय सरकारलाई आग्रह गरेका छन् ।

आज संकलन गरिएको हस्ताक्षरहरु भोली ज्ञापन पत्र सहित स्थानीय सरकारलाई बुझाउने तयारी युवाहरुको रहेको छ ।

सम्बन्धित खवर