साइनो समाचारदाता काठमाडौं । नेपालमा कोरोना सङक्रमितको सङख्या ६ हजार ५ सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८० जना नया सङक्रमित भेटिएसंगै सङक्रमितको सङख्या ६ हजार ५ सय ९१ पुगेको हो ।
उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, अर्घाखाँची र बर्दियाका ९ र ९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४ जना, नवलपुर, कास्की, सप्तरीका ३३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २र२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एकरएक जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १४९ जना छन् ।
















