साइनो समाचारदाता पथरी/
प्रदेश १ का सरकारले उर्लाबारी ३ मंगलबारेमा रहेको मंगलबारे अस्पताको स्तरउन्नती गर्ने भन्दै नाम परिर्वतन गरि मदन भण्डारी ट्रमा सेन्टर प्रस्ताप गरे पछि ८ दिन देखी स्थानियले आन्दोलन गर्दै आएका छन ।

प्रदेश १ का आर्थिक मामिला मन्त्री ईन्द्र आङ्बो लिम्बूले मोरङको उर्लाबारी–३ स्थित ‘मंगलबारे अस्पताल’लाई ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने घोषणा गरे पछि सो निर्णयको विरोध गर्दै मसाल जुलुश प्रदर्शन भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को प्रस्तुत बजेटमार्फत मंगलबारे अस्पताललाई प्रदेशकै गौरवको योजनाअन्तर्गत मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नै राखिने गरी ल्याइएको नीति तथा कार्यक्रमका विरुद्ध स्थानियले चर्को आलोचना गदै सडकमा निस्किएका छन ।
संघर्ष समितिले सोमबार साँझ मशाल जुलुस प्रदर्शन गरेका छन । मशाल जुलुसमा प्रहरी हस्तक्षेप भएपनि जुलुस अस्पतालको चार तिर बाट एकसाथ निस्केको थियो । करिब पाँच सयको संख्यामा निस्केको र्यालीमा स्वास्थमा राजनीति बन्द गर्न र मंगलबारे अस्पतालको पहिचान मेट्न पाइदैन जस्ता नारा लगाइएका थिए ।

र्यालीपछिको कोणसभामा संघर्ष समिती संयोजक वीरबल थापाले नेकपा सरकारले विकासको नाममा राजनीति गरेको आरोप लगाए। साथै, उनले मंगलबारेको पहिचान मेटेर स्थानीयवासीको भावनामा चोट पुर्याउने कार्य नेकपा सरकारले गरेको बताए। उनले सरकार भ्रष्टाचारमा डुब्दै गएको पनि आरोप लगाए।
प्रदेश सरकारले गत २३ जेठमा ल्याएको नीति तथा कार्यक्रममा अस्पतालको नाम फेर्ने प्रस्ताव ल्याएपछि २५ जेठबाट निरन्तर विरोध प्रदर्शन भइरहेको छ। यसैबीच, मंगलबार मंगलबारेबाट उर्लाबारीसम्म र्याली गर्ने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य सचिव मातृका धिमालले बताए ।

समितिमा नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान मन्चको नगरस्तरीय समिति सहभागी छन्। समितिले यसअघि मुख्यमन्त्री शेरधन राईको पुत्ला दहन गर्नुका साथै मानवसाङ्लो जस्ता कार्यक्रम गरिसकेको छ । यद्यपि, सरकार निर्णय सच्याउने पक्षमा देखिएको छैन ।
भिडियो एफ टिभी सुनसरीको पथरीमा हस्पिटल हो ।

















