साइनो समाचारदाता पथरी/
प्रदेश सरकारले मंगलबारे अस्पतालको नाम परिर्वतन गर्ने प्रस्ताव गरे पछि एक साता देखि दैनिक आन्दोलन हुन थालेको छ । मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पतालको नाम परिवर्तन गरि मदनभण्डारी ट्रमा सेन्टर प्रस्ताव गरे पछि आज सातै दिन पनि आन्दोलन नारा जुलुस जारी रहेको छ ।
प्रदेशको नाम नामाकरण गर्न नसकेको प्रदेश सरकारले अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी ट्रमा सेन्टर प्रस्ताव गरेको छ । प्रदेश सरकारले अघि सारेको प्रस्ताव फिर्ता गनै माग गर्दै प्रदेश नं. १ का मुख्य मन्त्रि शेरधन रार्एको पुत्ला दहन गरेका छन ।


एक साताअघि प्रदेश सरकारले बजेट अधिवेशनको सातौं बैठकमा अस्पताल स्तरोन्नति गर्ने भन्दै मदन भण्डारी ट्रमा सेन्टर नाम प्रस्ताव गरेको थियो । मोरङको दुईतिहाइको सरकारले देश भित्रका ठुलठुला सस्थामा राजनिति गर्दै आफ्ना पाटिका नेताको नाम राख्न थालेको स्थानियले आरोप लगाएका छन ।
मुख्य मन्त्रि शेरधन राईले अस्पतालमा कुनै विबाद नरहेको भन्दै सभाबाट पास गर्ने बताए पछि स्थानीय दैनिक विरोधमा उत्र्रेका हुन । ट्रमा सेन्टर बनाउने निर्णय राम्रो भएपनि मंगलबारेको पहिचान मेटने गरी नाम फेर्न नपाइने स्थानीयको भनाइ छ ।

प्रदेश सरकारले मदन भण्डारी ट्रमा सेन्टर प्रस्ताव गरे पछि मंगलबारे अस्पतालको बोड हटाए पनि स्थानियले फेरी मंगलबारे अस्पतालको बोड नै लगाएका छन । प्रदेश सरकारले प्रस्ताव फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने आन्दोलन समितिले बताएको छ ।
अस्पतालको सय मिटर दुरीमा मदन भण्डारीको नाममा मदन भण्डारी स्मृती प्रतिष्ठान नेपाल रहेको छ भने प्रतिष्ठानले टेक्नीकल कलेज संचालन गर्दै आएको छ । प्रतिष्ठानले मंगलबारेमा मदन भण्डारीको नाममा धेरै जग्गा ओगटेर राखेको छ ।

















