मन्दिर भित्र सामुदायीक भवन, स्थानियल बुझाए ज्ञापन पत्र, प्रदेश सरकारको निर्देशन नमान्ने पथरीशनिश्चरे वडा नं. २ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मन्दिर भित्र सामुदायीक भवन, स्थानियल बुझाए ज्ञापन पत्र, प्रदेश सरकारको निर्देशन नमान्ने पथरीशनिश्चरे वडा नं. २

साइनो समाचारदाता पथरी/ 
मापद्धण्ड विपरित मन्दिर भित्र सामुदायीक भवन बनाएर जातीय र धार्मीक द्धन्द्ध गराउन खोजेको भन्दै स्थानियले नगरलाई ज्ञापन पत्र बुझाएका छन । मोरङको पथरीशनिश्चरे वडा नं. २ ले सामुदायीक भवन मन्दिर भित्र बनाउन थाले पछि स्थानियले नगरलाई ज्ञापन पत्र बुझाएका हुन ।


प्रदेश सरकारको बजेटमा बन्न लागेको सामुदायीक भवन मन्दिरमा भित्र बनाउन थाले पछि विरोध हुदै आएको छ । आम समूदायको भेला नबोलाई उपभोक्ता समिति गठन गरी पथरीशनिश्चरे वडा नम्वर २ ले सामूदायिक भवन निर्माण गर्न थालेको छ । गत जेठ १५ गते सांसद कृष्णकुमारी राईले सामूदायिक भवनको शिलान्यास गरेपछि बिबाद सुरु भएको हो । शिलान्यास भएकै दिन शहरी विकास कार्यालयबाट काम रोक्न निर्देशन दिए पछि वडाले वेवस्था गर्दै काम अघि बढाएको छ ।


विबाद बढ्र्दै गए पछि घटनाले राजनीतिक मोड पाएको छ । नेकपा पक्ष जसरी पनि सामूदायिक भवन मन्दिर परिसरमा बनाएरै छोड्न तिर लागेपछि बिबाद चुलिएको हो । शहरी बिकास कार्यालयले उपभोक्ता समितिलाई तुरुन्त काम रोक्न निर्देशन दिए पनि काम नरोकिए पछि आम उपभोक्ता ज्ञापन पत्र बुझाउन नगरपालिका पुगेका हुन ।
विभिन्न १६ जात जाती र धर्म समुदायले हस्ताक्षर गरेको ज्ञापन पत्रमा मापदण्ड विपरित सामूदायिक भवन बनाउँन थालिएको भन्दै आपत्ति जनाइएको छ । कुनै धर्मको विशेष स्थानमा सामूदायिक भवन बनाउँदा सबै जात, धर्म, लिङ्ग र वर्णको अपनत्व नहुने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा विगतमा जग्गादिने जग्गादाता लगायत १६ वटा संघ संस्था धर्म समुदाय र जातजातीका प्रतिनिधिले हस्ताक्षर गर्नु भएको छ ।
ज्ञापनपत्र बुझ्दै नगरकी उपप्रमुख यमूना बिष्ट बास्तोला विबादका कारण आफ्नै संयोजकमा छानविन समिती बनेको बताउनु भएको छ । छानवीन समितिले काम सुरु गरिसकेको चाडै निष्कर्षमा पुग्ने उहाको भनाई छ ।

सम्बन्धित खवर