पञ्चायतमा १ करोडको अपांग मैत्री भवनको शिलान्यास - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पञ्चायतमा १ करोडको अपांग मैत्री भवनको शिलान्यास

साइनो समाचारदाता पथरी/
मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविमा १ करोडको लागतमा अपाङ्गतामैत्री भवन बन्ने भएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा विकास निर्देशनालय प्रदेश नं. १ धनकुटाको सहयोगमा १६ कोठे भवन भन्ने भएको हो । सो भवनको २८ गते बुधबार पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईले शिलान्यास गर्नु भएको छ ।


प्रमुख अतिथी राईले अब तिनै तहको सरकारले शिप सहितको शिक्षा प्रणालीको बिकास गर्नु पनेमा जोड दिनु भयो । सबैको मेहेनत र सहयोगले विध्यालय धेरै योजना पार्न सफल रहेको बताउदै नगरले आउदो शैक्षिक सत्र देखि स्थानिय पाठ्यक्रमको ब्यावस्था गर्ने योजना रहेको बताउनु भयो ।
सामाजिक विकास मन्त्रालय अन्तरगत २ सय जना बौद्धिक अपांगता भएका बालबालिका अटाउने अपाङ्गतामैत्री भवन सुरु भएको विद्यालयका प्रधानध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनुभयो । पहिलो योजना अन्तरगत भवन २ तलाको १६ कोठाको बन्ने छ । लकडाउनका कारण ढिलाई भए पनि ५ बर्षै योजनाको नमुना बिद्यालय र अपाङ्गतामैत्री भवनको काम तिब्र गतिमा अघि बढेको प्रधानध्यापक बुढाथोकीले बताउनु भयो ।


प्रदेश नं. १ को नमुना विद्यालयको योजनामा सुरु भएको विद्यालयमा पुर्ण अपाङता भएका विध्यार्थीहरुका लागि आवास निर्माण कार्य समेत सुरु भएको छ । प्रदेश नं. १ मा उत्कृष्ट नतिजा निकाल्न सफल पञ्चायत माविमा विज्ञान, कानुन, प्रबिधिक शिक्षा (सिभिल इन्जनियर), ब्यावस्थापन, शिक्षा र मानवकी शिक्षा संचालनमा रहेको छ ।

सम्बन्धित खवर