साइनो समाचारदाताकाठमाडौं /
विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयमा Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ सुरु गरेको छ । लिम्बु समुदायको मौलिक कला सस्कृती पालाम प्रतियोगितामा गैर लिम्बूको समेत उत्साहजनक सहभागिता रहेको छ ।

लिम्बु समुदायले आफ्नो सस्कृतीमा नाच गान गर्ने मौलिक कला सस्कृती हो पाःलाम । पाःलाम प्रतियोगीतामा १६० वटा पाःलाम दर्ता भइसकेका छन । ५६ वटा पाःलाम सार्वजानिक भइसकेका छन । प्रतियोगितामा नेपाल बाहेक अन्य देशका राई, मगर, विश्वकर्मा र अधिकारीको सहभागी रहेका छन । जेष्ठ ३० गते सम्म आएका प्रतिस्पर्दीबाट साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा विजेता घोषणा गरिने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले नगद रु ३० हजार सिहत एउटा पाःलाम रेकड गर्न पाउने छन भने दोस्रो र तेस्रो हुनेले क्रमस २५ हजार र २० हजार प्राप्त गर्ने छन । प्रतियोगीमा सहभागी पाःलामलाई सामाजिक सन्जालबाट प्राप्त ४० प्रतिसत भोट र निर्णायक मन्डलबाट प्रप्त ६० प्रतिशत अंकका आधारमा विजेता घोषणा गरिने आयोजकले बताएको छ । निर्णायकहरूमा मुन्धुमविद् यासेली योङहाङ, चर्चित गायिका मनु नेम्बाङ र रैथाने संगीतका अभियन्ता झुमा लिम्बू रहेका छन ।
लिम्बु समुदायको मौलिक कला सस्कृती जगाई राख्न भएको पाःलाम प्रतियोगीताका लागि क्यानडाबाट मनिश सम्बाहाङ्फे, युकेबाट शर्मिला यक्सो चोङ्बाङ, तिलबिक्रम सम्बाहाम्फे, विश्वासदीप तिगेला, रोशन यक्सो, हङ्कङ, सुवर्ण नेम्बाङ, टंक वनेम, दिलसिंह मेन्याङ्बो, आशिका देवान, हङ्कङ, दिल पालुङ्वा, लोकेन्द्र तबेबुङ, रीता फोम्बो ठूली, देबंबिष्णुमाया हुक्पाचोङ्बाङ, काठमाडौ टंक सेलिङ, जापानबाट मुक्साम लाओती, चौबिसे संङ्यक ढाका उद्योग, धरान र दिला सेलिङले प्रायोजन गर्नु भएको छ ।
पालामहरू याक्थुङ कल्चरल ग्रुपको पेज र नयाँअनलाइन टिभीको च्यानलमार्फत सार्वजानिक भै सकेको आयोजकले जनाएको छ ।
















