पथरी
भारतको विहारवाट आएका २ जनामा कोरना संक्रमण देखिएको हो । मोरङ्गको लेटाङ्ग नगरपालिकाको क्वारेन्टाइनमा वसेका उनीहरुलाई संक्रमणको पुष्टी भए संगै मोरङ्गको सुन्दर हरौचामा रहेको पुर्वअञ्चल विश्वविद्यालयको आइसोलेसन वाडमा राखीएको छ ।
लेटाङ्ग नगरका प्रमुख शंकर राईका अनुसार उनीहरु जेठ १४ गते विहार वाट जोगवनी हुदै लेटाङ्ग आएका हुन् । दुवै जना पुरुष रहेका छन् । लेटाङ्ग आएका उनीहरुलाई लेटाङ्ग क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । आइतवार गरिएको पिसिआर परिक्षणमा उनीहरुलाई कोरना पोजेटिभ पाइएको थियो । नगरप्रमुख राईका अनुसार उनीहरु लाई जोगवनी वाट लेटाङ्ग सम्म ल्याउने सवारी साधनका चालकको पनि पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएको छ । भारतमा रोजगारीका लागी पुगेका उनीहरुलाई जोगवनी नाकामा ल्याइएको थियो । सोहि दिन लेटाङ्ग ल्याइए पनि उनीहरु परिवारको प्रत्यक्ष सम्पर्कमा रहेका थिएनन् ।
लेटाङ्गका २ जनामा कोरनाको पुष्टी भए संगै लेटाङ्ग नगरपालिका छिर्ने नाका कडाइ गरिएको प्रमुख राईले जानकारी दिए । उनले भने ङ्ग नगरपालिका छिर्ने नाका कडाइ गरिएको प्रमुख राईले जानकारी दिए । उनले भने ‘लेटाङ्ग प्रवेश गर्ने चार वटै नाकामा कडाइ गरिएको छ, नाकामा प्रहरी,प्रहरी स्वयमसेवक लाई थप परिचालन गरिएको छ’।
लेटाङ्ग क्वारेन्टाइमा भारतवाट आएका ११ जना लाई राखिएको छ । क्वारेन्टाइनमा रहेका सवैको पिसीआर प्रविधी वाट स्वाव परिक्षण गरिएको हो । जस मध्ये ९ जनाको परिक्षण नेगेटिभ पाइएको छ । नगरप्रमुख राईका अनुसार ९ जनालाई केहि दिन मै क्वारेन्टाइन वाट विदा गरिने भएको छ । नगरले पिसिआर किट खरिद गरेर परिक्षण गरेको हो ।
नगरपालिकाले नगरको सवै क्षेत्रलाई सिल गरेको भए पनि स्थानियवासीले सिलले समस्या वताउन थाले पछि सिल खोलिएको राईले जानकारी दिए । तथापी नगर भित्र कोरनाका विरामी भेटीएपछि अव के गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ ।
२ हप्ता अघि कोरना संक्रमण फैलिने भन्दै लेटाङ्गलाई सिल गरिएको थियो । ३ दिन गरिएको सिल पछि भने लेटाङ्ग वजार विहान ११ वजे सम्म खोलिदै आएको छ ।
















