महायज्ञबाट संकलित झण्डै सवा सात करोड रकम रंगशालालाई हस्तान्तरण गरियो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

महायज्ञबाट संकलित झण्डै सवा सात करोड रकम रंगशालालाई हस्तान्तरण गरियो

साइनो समाचारदाता चितवन । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आयोजना गरिएको धनधान्याञ्चल महायज्ञ मूल समारोह समितिले संकलित रकम हस्तान्तरण गरेको छ । आज रंगशाला परिसरमा आयोजित एक कार्यक्रमका बीच मूल समारोह समिति संयोजक विजय सुवेदीले रंगशाला निर्माणको नेतृत्व गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई ७ करोड १४ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

गत माघ १९ देखि २७ गतेसम्म आयोजना गरिएको महायज्ञबाट बोलकबोलसहित ६९ करोड ४० लाख ५६ हजार रकम संकलन भएको थियो । सो मध्ये संकलित ७ करोड ८९ लाख ७७ हजार ४ सय २८ नगद मध्ये ७५ लाख ९० हजार खर्च कटाएर ७ करोड १४ लाख हस्तान्तरण गरिएको हो । महायज्ञमा बोलकबोल रकम ६१ करोड ५० लाख ७९ हजार ४ सय रुपैयाँ उठ्न बाँकी छ । बाँकी रकममा अधिकांश सरकारी निकायहरुले बोलेका रकम छन् । सरकारी बोलकबोल रकम ५१ करोड ६० लाख छ भने, निजी क्षेत्रका व्यक्तिहरुले बोलेका ९ करोड ९० लाख उठन बाँकी रहेको महायज्ञ मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिए ।

रकम हस्तान्तरण समारोहमा बोल्दै मूल आयोजक समितिका संयोजक विजय सुवेदीले राष्ट्रिय गौरवको परियोजना गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आयोजना गरिएको महायज्ञले आर्थिक संकलनका साथै नागरिकहरुमा सहयोग गर्नुपर्छ भन्ने भावना र चेतना दुवैको विकास गरेको बताए । बाँकी बोलकबोल रकम उठाउनका लागि आफूहरुले पहल लिँदै सहयोग गर्ने बाचा पनि सुवेदीले गरे ।

धुर्मस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले अहिलेसम्म रंगशाला निर्माणमा भएको प्रगती अहिले लकडाउनका कारणले आएको समस्या लगायतका बिषयमा जानकारी गराए । उनले जोखिम र चुनौतीका बीच पनि रंगशाला निर्माणको कामलाई गत वैशाख २० गतेबाट सुरु गरिएको बताए । महायज्ञमा बोलकबोल भएको रकम उठाउन सबैले सहयोग गर्नेपर्ने धुर्मुसले बताए ।

अनलाइनखबरबाट

सम्बन्धित खवर