सुदूरपश्चिममा आज एकैदिन थपिए ३७ जना कोरोना संक्रमित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सुदूरपश्चिममा आज एकैदिन थपिए ३७ जना कोरोना संक्रमित

साइनो समाचारदाता ।  सुदूरपश्चिम प्रदेशमा आज एकैदिन थप ३७ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाका एक, भीमदत्त नगरपालिकाका पाँच र पुनर्वास नगरपालिकाका १३ गरी १९ जना रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालायका मेडिकल अधिकृत डा. भुषण मिश्रले जनाए ।

त्यसैगरी दार्चुलामा शैल्यशिखर नगरपालिकाका आठ, लेकम गाउँपालिकाका एक र महाकाली नगरपालिकामा एक गरी १० जना रहेका छन् । डडेल्धुराको अमरगढी नगरपालिकाका दुई, परशुराम नगरपालिकाका तीन र नवदुर्गा गाउँपालिकाका एक गरी सातजना रहेका छन् । यस्तै कैलालीको जानकी गाउँपालिकाका एकजनामा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको डा मिश्रले बताए ।

सोमबार थपिएका संक्रमितसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको १४७ पुगेको छ । कैलालीमा ४८, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई जना संक्रमितको मृत्यु भएको छ भने १८ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर