साइनो समाचारदाता
पथरी । प्रहरीले भरुवा बन्दुक, त्यसमा प्रयोग हुने छर्रा र बारुदसहित दुई जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका ३ जम्दह कुपगैरीका ६९ वर्षीय कुलबहादुर पूर्वछाने र ६२ वर्षीय तिलकबहादुर थापा रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीको टोलीले दुवैजना जम्दह कुपगैरीबाटै पक्राउ गरेको हो । उनीहरुको थप अनुसन्धान सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी विनोद घिमिरेले जानकारी दिए ।
















