घिमिरे परिवारमा बज्रपात, १२ पास भए पछी परिवारमा सबै मानसीक रोगी (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

घिमिरे परिवारमा बज्रपात, १२ पास भए पछी परिवारमा सबै मानसीक रोगी (भिडियो सहित)

पथरी, परिवारका सबैमा मानसिक समस्या देखिएपछि घिमिरे परिवारमा ठुलो बज्रपात परेको छ । घिमिरे परिवारलाई समाजिक संजाल समुह एमडब्लुआरआरले शनिबार घरमै पुगेर खाद्यान्न सहयोग गरेको छ ।

मोरङको पथरी शनिश्चरे ५ कोशेलीचौकका सुजन घिमिरे यतिबेला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा क्याम्प) मा उपचार गराइरहेका छन् । ३४ वर्षका सुजनको २०६१ साल देखि मानसिक रुपमा समस्या देखिएको स्थानीय बेदनाथ खतिवडाले बताउनुभयो । सुजनको समस्या देखिएपछि औषधी निरन्तर रुपमा सेवन गर्दै आएता पनि पछिल्लो समय आर्थिक अभावका कारण औषधी छुटेपछि सुजनलाई झन समस्या भएको हो । धोपाको मानसिक वार्डमा उपचाररत सुजनलाई निकै लामो समय सम्म बेडमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुले सुझाव दिएको खतिवडाले बताउनुभयो ।

सुजन आफु मात्रै नभएर उनका भाइ बहिनीहरुलाई पनि गम्भिर खालको मानसिक समस्या रहेको छ । सुजनका माइला भाइ सुवास विगत ४ वर्ष देखि बेपत्ता छन् । उनमा कुनैपनि समस्या थिएन । परिवार पाल्ने जिम्मेवारी काँधमा आएका बेला अचानक हराएका सुवास हाल सम्म सम्पर्कमा नभएको खतिवडाले बताउनुभयो ।

सुजनका कान्छा भाइ पदम २९ वर्षका छन् । उनमा पनि मानसिक समस्या छ । कहिले घर छाडेर हिड्ने त कहिले आफै आउने गर्छन् । छिमेकमा काम सघाएर उतै खाने गरेका छन् पदमले ।

जेठी बहिनी सुस्मिता २७ वर्षकी छन् । सुस्मिताको पनि समस्या उस्तै छ । एक एक छिनमा फरक फरक व्यवहार छ सुस्मिताको । उनलाई पनि दाजु सुजनसंगै उपचारका लागि घोपा लगिएको थियो तर रकम अभावका कारण अहिले घर ल्याइएको छ । दाजु बहिनीको उपचारका लागि एकैपटक रकमको जोहो गर्न नसकेपछि घर ल्याउनुपरेको स्थानीय (नेपाली कांग्रेस कार्यवाहक नगर सभापती) इश्वर बहादुर थापाले बताउनुभयो । सुस्मिताले १२ कक्षा सम्म अध्ययन गरेकी छन् । सामान्य अवस्थामै रहेकी सुस्माको २०७२ सालको महाभूकम्प पछि मानसिक रुपमा समस्या देखिएको हो ।

सुजनकी कान्छी बहिनी जानुका पूर्ण रुपमा अपाङ्ग (साँपे) रहेकी छिन् । उठ्न, हिडडुल गर्न, बोल्न नसक्ने जानुकालाई पूर्ण रुपमा अरुको सहारा चाहिन्छ ।

घरको अवस्था अत्यन्तै नाजुक रहेको छ । सुजनका आफ्नै काका विराटनगरमा रहेका छन् । काकाले पनि उपचार गर्दा गर्दा आफु थाकेको भनेर अब गाउँलेले नै सकेको सहयोग गर्नु भनेको थापाले बताउनुभयो ।

सुजनको उपचारका लागि परिवारको सदस्य चाहिने भएपछि आमा तुलशा सुजनलाई लिएर अस्पतालमा हुनुहुन्छ । परिवारमा अहिले छरछिमेकीले रेखदेख गरिरहेका छन् । घरमा विद्युत समेत छैन् । मानसिक रुपमा समस्याले च्यापेपछि सुजन र भाइबहिनीले नै तार, बोर्डहरु भत्काएर फालेका छन् । ओड्ने ओछ्याउने समेत राम्रो छैन् । अब उनिहरुको दिर्घकाला सम्मको उपचारका लागि घिमिरे परिवारको नाममा बैंक खाता खोलेर रकम बचत गर्नुपर्ने भएको थापाले बताउनुभयो । नियमित औषधी सेवन गरेमा सुजन निको हुन सक्ने र सुजनले नै परिवार समहाल्न सक्ने भएकाले सबैले सकेको सहयोग गर्नका लागि थापाले अनुरोध गर्नुभएको छ ।

वडा तथा नगरमा सहयोगका लागि पहल थालिएको छ । घोपामा समेत सहुलियतका लागि पहल गरिएको सुजनका काका अर्जुन घिमिरेले बताउनुभयो । उनिहरुको उपचारका लागि सुजनका साथिहरु बेदनाथ खतिवडा, मनोज धिमाल लगाएतले सहयोग गरिरहनुभएको छ ।

एमडब्लुआरआरको सहयोग

मानसिक रुपमा समस्यामा परेको सूचना सामाजिक संजाल (फेसबुक) मा थाहा पाएपछि एमडब्लुआरआरले सहयोग गरेको छ । विभिन्न सामाजिक कार्यहरुमा अग्रसर भइरहने यो समुहले २५ केजी चामल, आलु, दाल, नुन, तेल, साबुन लगाएतका सामाग्रीहरु सहयोग गरेको समुहकी प्रतिनिधि नमिरा पौडेलले बताउनुभयो । विद्यार्थी र कर्मचारीहरुले आफ्नो खाजाको रकम थोरै थोरै जम्मा गरेर पहिलो चरणमा खाद्य सामाग्री सहयोग गरेको पौडेलले बताउनुभयो । घरमै पुगेर गरेको सहयोगका लागि परिवार स्थानीयले धन्यवाद दिनुभएको छ । अझै सकेको सहयोगका लागि छिमेकीहरुले समेत अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर