काठमाडौं । नेपालमा थप २ सय ७८ जनामा देखियाे कोरोना संक्रमण देखिएकाे छ । आज शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।
शुक्रबार धरान बिपी प्रतिष्ठान बाट ३ जना, कोशी अस्पताल बिराटनगरबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका छन् । हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

















