अमेरिकामा गएका शरणार्थीद्धारा ३२ मुसहर परिवारलाई राहत - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अमेरिकामा गएका शरणार्थीद्धारा ३२ मुसहर परिवारलाई राहत

साइनो समाचारदाता पथरी/
कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउन भएको २ महिना कटि सकेको छ । लकडाउन बिस्तारै खुकुलो हुदै गए पनि निम्न वर्गमा भने झनझन जटिल बन्दै गएको छ । दैनिक ज्याला मजदुरि गरिखाने तथा बिपन्न परिवारलाई बिहान बेलुकिको छाक टार्न धौधौ परेको छ ।


लकडाउनका कारण दैनिक ज्याला मजदुरि गर्नेलाई जिवन धान्न गाह्रो भएको समयमा अमेरिकामा रहेका नेपाली भुटनीजद्धारा राहत वितरण भएको छ ।
शैक्षिक अभियन्ता प्रदिपकुमार राईको पहलमा कानेपोखरी गाँउंपालिका वडा नं ४ को मुसहर बस्तिका ३२ परिवारलाई राहत बितरण गरेको हो । भुटानिज नेपाली अर्गनाइजेशन अफ बाल्टिमोरका सदस्य रहेका डिबि नाछिरिड़ राई र ईन्द्रप्रसाद राईको संयोजनमा उक्त राहत उपलब्ध भएको शैक्षिक अभियन्ता प्रदिपकुमार राईले बताए ।


खोलाको किनारमा बसेर जिविको पार्जन गर्दै आएका मुसहर समुदायमा समस्या आएको थाँहा भए पछि ३२ परिवारलाई २० केजि चामल सहित नुन तेल, साबुन, सोयाबिन वितरण गरिएको छ ।
मोरङ र झापाको भुटानी शरणार्थी शिविर क्यामबाट तेस्रो मुलक गएको अधिकाम्स नेपाली भुटनीजहरुले मोरङ र झापा र नेपालका विभिन्न स्थानमा ठुलो राहत सहयोग पुर्याउदै आएका छन । केहि दिन अघि मात्र पथरीको शिविर र बेलडागीको शिविरमा एक करोड एक लाखको राहत सहयोग वितरण गरेको थियो ।
भुटानिज नेपाली अर्गनाइजेशन अफ बाल्टिमोरबाट डिबि नाछिरिड़ राई र ईन्द्रप्रसाद राईको अगुवाईमा १६ जना युवाहरूले राहतकालागि सहयोग गरेका थिए ।

सम्बन्धित खवर