
साइनो समाचारदाता काठमाडौँ। कर्णाली प्रदेशमा ४३ जना नया कोरोना संक्रमित भेटिएका छन् । जुम्लाका २ जना प्रहरीसहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।
















