
साइनो समाचारदाता
पथरी । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेट गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको पनि स्वाब परीक्षण गरिएको छ । कोरोना जाँच्न मंगलबार उनको स्वाब लिइएको स्वास्थ्य सचिव यादव कोइरालाले बताए ।
‘उहाँसँग जम्काभेट भएको मानिसलाई कोरोना देखिएको रहेछ । त्यो भेट पनि धेरै बेर होइन’ उनले भने, ‘पछि ती व्यक्तिमा कोरोना देखिएपछि उहाँको स्वाब लिइएको छ । उहाँ भने अहिले पुलचोकस्थित निवासमै हुनुहुन्छ ।’ कहाँका संक्रमितसँग मन्त्री ढकाल सम्पर्कमा आएका थिए भन्नेबारे भने उनले खुलाउन चाहेनन । मन्त्री ढकाललाई कोरोना लागेको भन्ने हल्लामात्र भएको उनले बताए। ‘भेट भएको पाँचदिन भयो, ती व्यक्तिलाई कोरोना देखिएपछि जाँचौं न भनेर जाँच्नुभएको हो,’ उनले भने।
स्वास्थ्यमन्त्रालयमा काम गर्ने अन्य कर्मचारीको समेत कोरोना जाँचका लागि स्वाव संकलन गरिएको सल्लाहकार डाक्टर खेम कार्किले बताए । उनले भने ‘स्वास्थ्यसेवा विभागमा काम गर्ने एक जना डाक्टर कन्ट्याक ट्रेसिङको लागि कपिलवस्तुमा गएर आएपछि संक्रमित भएकाले कन्ट्याक ट्रेसिङको कार्य्विधि अनुसार सबैको जाँच गर्नुपरेको हो,’
सेतोपाटीबाट
















