तेस्रो मुलुकमा रहेका नेपालीद्धारा शरणार्थी सिविरमा राहत वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

तेस्रो मुलुकमा रहेका नेपालीद्धारा शरणार्थी सिविरमा राहत वितरण

साइनो समाचारदाता पथरी/
लकडाउनका कारण दैनिक जिवन कष्टकर भई रहेको बेला पथरीशनिश्चरेको सिविर क्याममा तेस्रो मुलुकमा रहेका नेपाली भुटनीजहरुले राहत वितरण गरेका छन । २ महिने लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरि खाने मजदुरको जनजिवन कष्टकर बनिरहेको अवस्थामा तेस्रो मुलुकमा रहेका नेपाली भुटनीजहरुले तेस्रो पटक राहत वितरण गरेका हुन ।


मोरङको पथरीशनिश्चरे नगरपालीका १० मा रहेको १ सय ११ विपन्न भूटानी शरणार्थी परिवारलाई राहत वितरण गरेका छन । शैक्षिक अभियन्ता प्रदिपकुमार राईको पहलमा तेस्रो मुलुक पुर्नवास भई हाल अमेरिका बस्दै आएका इन्द्र ओलिको अगुवाईमा राहत वितरण भएको हो । आपधारा समुहको सहयोगमा शिविर भित्रका १ सय ११ विपन्न परिवारलाई १ बोरा चामल, तेल, नुन, सोयाविन र साबुन सहितको राहत प्याकेज वितरण भएको हो । तेस्रो मुलुक पुर्नवास भएको सोहि समुहले झापाको बेलडागी सिविरमा पनि राहत सहयोग गरेको छ ।
राहत वितरण कार्यक्रममा बोल्दै शैक्षिक अभियान्ता राईले क्याम्पमा रहेकाहरुलाई खाद्यान्न अभाव नहोस भन्नका लागि तेश्रो मुलुकमा रहेका शरणार्थीहरु सँग समन्वय गरि राहत वितरण गरिएको वताएका छन भने राहत वितरण झापाको वेलडागी सिविरमा पनि रहेको जानकारी दिएका छन ।
पथरी शनिश्चरेको सिविरमा ५ सय १२ घरपरीवारमा १६ सय जनसंख्या रहेको छ । विगतका समयमा विभिन्न दातृ संस्थाहरुले रेखदेख गर्दै आएको यस क्याम्पमा गत वर्षबाट सम्पूर्ण सहयोग स्थगीत भएको छ । जस्का कारण दैनिक मजदुरी नगरी जिवन धान्न कठिन बन्दै गएको छ ।
सन् १९९० पछि नेपालमा रहेका नेपाली भाषी भूटानीहरुलाई नेपाल सरकारले झापा र मोरङमा विभिन्न शिविरहरूमा राखेको छ । त्यो बेला झन्डै एक लाखको सङख्यामा भुटानीलाई नेपालले शरण दिएको थियो । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय यू एन एच सी आरले उनीहरूको व्यवस्थापनको जिम्मा लिएको थियो । अन्य विभिन्न दातृनिकायले उनीहरूको शिक्षा तथा स्वास्थ्यका लागि सघाएका थिए । तर हाल यी सवै सहयोग बन्द भएका छन् । पथरी शनिश्चरेको सिविरमा मात्र २४ हजार वढिको बसोबास रहेको थियो । सिविर भित्र अहिले शिक्षा, स्वास्थ, खानेपानी र बिधुतको ठुलो समस्या रहेको छ ।

सम्बन्धित खवर