साइनो समाचारदाता
कपिलबस्तु । मंगलबार कपिलवस्तुका ४ पुरुषमा कोभिड १९ पुष्टी भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन्।
भारतबाट जिल्लाको मायादेवी गाउँपालिका आएका उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। संक्रमित चारै जना पुरुष रहेका छन्। अहिले उनीहरूलाई बुटवल वा दाङको अस्पतालमा लैजाने तयारी गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा १ लाख ३ सय १ जनाको कोभिड १९ को परिक्षण गरेको जनाएको छ । सोमबार राति १०ः१५ वजेसम्ममा पिसिआरबाट ३० हजार ७ सय ४१ र आरडिटिबाट ६९ हजार ५ सय ६० जनाको परीक्षण गरेको हो । मन्त्रालयको अनुसार पीसीआर परीक्षण गरिएको मध्ये ३० हजार ३ सय ६६ जनामा सक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा २० हजार ९० जना क्वारेन्टाइनमा रहेको, ४ सय १३ जना आइसोलेसनमा रहेको, ३६ जना निको भएको र २ जनाको मृत्यु भएको उल्लेख छ । विश्वभरमा ४५ लाख ८९ हजार ५ सय २६ जनामा संक्रमित देखिएको छ । ३ लाख १० हजार ३ सय ९१ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
















