कांग्रेसको प्रश्न : कोरोनाबाट मृत्यु हुनुअघि युवकलाई अस्पताल किन लगिएन ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कांग्रेसको प्रश्न : कोरोनाबाट मृत्यु हुनुअघि युवकलाई अस्पताल किन लगिएन ?

५ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारलाई प्रश्न गरेको छ ।

सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, स्वास फेर्न कठिनाइ भएको, ज्वरो आएको थाहा हुँदाहुँदै अस्पताल किन नलगिएको भनी प्रश्न गरेका हुन् ।

‘क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?’ कांग्रेसले प्रश्न गरेको छ ।

एम्बुलेन्स चालक असुरक्षित भएर एम्बुलेन्स उपलब्ध नभएको भए चालकलाई किन सुरक्षा सामग्री उपलब्ध नगराएको भनी कांग्रेसले सोधेको छ । मृत्यु भएपछि ती युवकको शव दिनभर क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा राखिएकामा पनि कांग्रेसले विरोध जनाएको छ ।

‘अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?’ शर्माले प्रश्न गरेका छन् ।

शव उठाउन युवकको परीक्षण रिपोर्ट प्रतिक्षा गरिएको भए चाँडै रिपोर्ट तयार पार्न पहल गर्नुपर्ने कांग्रेसले बताएको छ । नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति हुनु सरकारको गम्भीर लापरबाही भएको प्रवक्ता शर्माले बताएका छन् ।

कांग्रेसले बाँकेको क्वारेन्टाइनमा युवकको मृत्यु भएको घटनालाई गम्भीरतापूर्वक लिएको भन्दै घटनाबाट शिक्षा लिंदै गम्भीर भएर काम गर्न सरकारलाई सचेत गराएको छ ।

अनलाइनखबरबाट साभार

सम्बन्धित खवर