औषधि व्यवसायीको हत्यामा श्रीमती र प्रेमीको संलग्नता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

औषधि व्यवसायीको हत्यामा श्रीमती र प्रेमीको संलग्नता

माेरङ / विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका –११ का २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान अघि बढाउनका लागि पक्राउ गरिसकिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । उनले हत्यामा संलग्नलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिए ।

सुनसरीको खनार घर भएका दुलालले विराटनगर–१० मा घर भाडामा लिँदै देवी माँ पाथीभरा फर्मा नामको औषधि डिलर सञ्चालन गरेका थिए । त्यही डिलरमा चार वर्षदेखि काम गर्थे साह । त्यस क्रममा श्रीमतीसँग हिमचिम बढेको चाल पाएपछि पाँच महिना अघि दुलालले उनलाई कामबाट निकालिदिएका थिए ।

कामबाट निकालिदिए पनि मीनासँगको उनको सम्पर्कले भने निरन्तरता पाइरहेको थियो । त्यो कुरा पनि दुलालले चाल पाएपछि श्रीमान र श्रीमतीबीच झगडा भएको प्रहरीको भनाइ छ । आफूहरुको प्रेममा बाधक बनेको भन्दै मीनाले ब्रह्मदेवसँग सल्लाह गरेर गत शुक्रबार श्रीमानको हत्या योजना बनाएको प्रहरी स्रोतले बतायो । मीना र साहबीच एक वर्ष प्रेम सम्बन्ध रहेको खुलेको छ ।

पूर्व योजनाअनुसार नै दुई जनाले हातमा पञ्जा लगाउँदै घाँटीमा प्लाष्टिकको डोरीले कसेर हत्या गरेको एसपी अधिकारीको भनाइ छ । शनिबार राति दुलालको घरमा औषधि व्यावसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । उनीहरु राति ९ बजे त्यहाँबाट निस्किएका थिए । त्यसपछि राति ११ बजे मीनाले साहलाई बोलाएर दुई जनाले मिलेर दुलालको हत्या गरेको प्रहरीको भनाइ छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेको थाहा पाएर प्रतिकार गर्ने क्रममा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनसाथ मृत घोषित गर्दै चिकित्सकले मृत्युलाई स्वभाविक मान्न नसकिने जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीले पर्वेली न्यूजलाइ बताएका छन् ।

दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव थियो । उनी सुतेको ओछ्यानमा रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुन सक्ने भन्दै घटनाको वास्तविकता लुकाएर ढाँट्ने प्रयास गरेको प्रहरी स्रोतको भनाइ छ । सुतेको ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै मीनाले नै केही व्यक्तिको सहयोगमा श्रीमानलाई उपचारका लागि भनेर अस्पताल पु¥याएकी थिइन् । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीबाट फेला पारेको छ । घटनाको प्रमाण नष्ट बनाउन हत्यामा प्रयोग गरिएका सामान घटनास्थलबाट लगेर अन्यत्र फ्यालिएको पाइएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न ब्रह्मदेव दुलालले आफ्नो औषधि डिलरबाट निकालिदिएपछि विराटनगर बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्न थालेका थिए । उनलाई बरगाछीबाटै प्रहरीले पक्राउ गरेको हो ।

पुर्वेली न्यूजबाट साभार

https://www.youtube.com/watch?v=ahcHIkxwRjA&feature=youtu.be

सम्बन्धित खवर