लम्बियो जेठ २० गतेसम्म लकडाउन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लम्बियो जेठ २० गतेसम्म लकडाउन

साइनो समाचारदाता

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय पनि गरेको छ । सरकारले लागू गरेको लकडाउनको समयसीमा सोमबारदेखि सकिन एक दिन अगाबै सरकारले लकडाउन थपेको हो । सरकारले चैत ११ देखि लकडाउन लागू गरेको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। मन्त्रालयको अनुसार नेपालमा हालसम्ममा २८ हजार १ सय ६० जनाको पीसीआर परीक्षण गरिएको मध्ये २७ सय ९२ संक्रमित भएको पुष्टि भएको हो भने पीसीआर परीक्षण मध्ये २७ हजार ८ सय ६८ जना सक्रमण देखिएन । आज ११ जना नयाँ संक्रमित थपिएको छ । आरडीटीबाट ६७ हजार ७ सय ६९ जनाको परीक्षण गरिएको छ । आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेको, ३ सय ४६ जना आइसोलेसन रहेको र ३६ जना निको भएको उल्लेख छ । विश्वभरमा ४४ लाख ९४ हजार ८ सय ७३ जनामा संक्रमित देखिएको छ । ३ लाख ५ हजार ९ सय ७६ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्बन्धित खवर