नेपालमा कोरोनाबाट २ को मृत्यु, २ सय ९१ संक्रमित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेपालमा कोरोनाबाट २ को मृत्यु, २ सय ९१ संक्रमित

साइनो समाचारदाता

काठमाडौं । नेपालमा कोभिड १९ बाट २ जनाको मृत्यु भएको छ । आज विहान थप एकजनको मृत्यु भएको थियो । आज बाँकेका एक पुरुष र हिजो सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको थियो ।

बाँके नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीका उनको आइतबार बिहान मृत्यु भएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी मुम्बईबाट दुई साता लामो यात्रा गरेर नरैनापुर आएका थिए । मृतक २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुर आज चारैतिरबाट सिल गरिएको छ। सदरमुकाम नेपालगञ्जदेखि करिव ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा सङ्क्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

मन्त्रालयको अनुसार नेपालमा हालसम्ममा २८ हजार १ सय ६० जनाको पीसीआर परीक्षण गरिएको मध्ये २ सय ९२ संक्रमित भएको पुष्टि भएको हो भने पीसीआर परीक्षण मध्ये २७ हजार ८ सय ६८ जना सक्रमण देखिएन । आज ११ जना नयाँ संक्रमित थपिएको छ । आरडीटीबाट ६७ हजार ७ सय ६९ जनाको परीक्षण गरिएको छ । आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेको, ३ सय ४६ जना आइसोलेसन रहेको र ३६ जना निको भएको उल्लेख छ । विश्वभरमा ४४ लाख ९४ हजार ८ सय ७३ जनामा संक्रमित देखिएको छ । ३ लाख ५ हजार ९ सय ७६ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्बन्धित खवर