नेपालमा २ सय ८१ जनामा कोभिड १९ हुँदा एक सुत्केरी महिलाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेपालमा २ सय ८१ जनामा कोभिड १९ हुँदा एक सुत्केरी महिलाको मृत्यु

साइनो समाचारदाता

काठमाडौं । नेपालमा २ सय ८१ जनामा कोभिड १९ को संक्रमण पुष्टि हुँदा १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृतक सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गर्यो । धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको थियो । मन्त्रालयका अनुसार मृतक महिला ८ दिनकी सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ।

नेपालमा  शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । बर्दियाकी २८ वर्षकी महिला, सिराहा सखुवा नान्कारकट्टीका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौली की २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुका थप ३ जनामा शिवराज नगरपालिकाको चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नै महोत्तरीमा दुईजना सैनिकमा पनि कोरोना पुष्टि भएको छ । २६ वर्षीय र ५२ वर्षीय सैनिकमा कोरोना पुष्टि भएको हो । यीमध्ये एकजना मध्यपूर्वी पृतनाका पृतनापति हुन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ मन्त्रालयको अनुसार नेपालमा हालसम्ममा २६ हजार ९ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको मध्ये २ सय ८१ संक्रमित भएको पुष्टि भएको हो । आरडीटीबाट ६५ हजार ७ सय ५९ जनाको परीक्षण गरिएको छ । आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १६ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेको, ३ सय २० जना आइसोलेसन रहेको र ३६ जना निको भएको उल्लेख छ । विश्वभरीमा ४४ लाख २५ हजार ४ सय ८५ जनामा संक्रमित देखिएको र ३ लाख २ हजार ५९ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्बन्धित खवर