थप ६ जनामा कोभिड-१९ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

थप ६ जनामा कोभिड-१९

 

साइनो समाचारदाता

काठमाडौं । नेपालमा थप ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको संख्या २ सय ७३ जना पुगेको हो । बर्दियाको नार्खु ११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर ४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा पुष्टि छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

२३ हजार ९ सय ३२जनाको पीसीआर परीक्षण गरिएको मध्ये २ सय ७३ संक्रमित भएको पुष्टि भएको हो । आरडीटीबाट ६३ हजार ८५ जनाको परीक्षण गरिएको छ । आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा रहेको, २ सय ६७ जना आइसोलेसन रहेको र ३६ जना निको भएको उल्लेख छ । हालसम्म नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । विश्वभरीको कोरोना रिपोटविश्वभरीमा ४३ लाख ४७ हजार ९ सय ३५ जनामा संक्रमित देखिएको र २ लाख ९७ हजार २ सय ४१ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्बन्धित खवर