साइनो समाचारदाता
पथरी । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षणअनुसार नयाँ संक्रमित पुष्टी भएको हो ।
पर्सा, विरगंज ९, १० वर्षीय बालक, २३, ४७ वर्षीया महिला, उदयपुर, त्रियुगा नपा निवासी २५ वर्षीय पुरुष, दांगको गढवा ४, ५ र तुलसीपुर ७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरु, काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालकमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था समान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रबक्ता डा. समिरकुमार अधिकारीेले बताए ।

















