सरकार सीमामा अलपत्र नेपालीलाई तत्काल प्रवेश गराउः काँग्रेस - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सरकार सीमामा अलपत्र नेपालीलाई तत्काल प्रवेश गराउः काँग्रेस

साइनो समाचारदाता

काठमाडौं । भारतबाट आएर देशका विभिन्न सीमा नाकामा अलपत्र नेपालीलाई तत्काल नेपाल प्रवेश गराउन सरकारसंग आग्रह गरेको छ । आज नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा शुक्रबार जारी विज्ञप्तिमा सो आग्रह गरेको हो ।

पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण पार्टीलाई प्राप्त भएको उल्लेख गर्दै तत्काल उनीहरुलाई सुरक्षित ढंगले नेपाल प्रवेश दिनुपर्नेमा काँग्रेसले जोड दिएको छ । भारतकाट आएका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकामा समइा भएको काँग्रेसको भनाइ छ ।

 

यस्तो छ, विज्ञप्ती

 

जेठ २, २०७७

सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश देउ !

सरकार हुनुको दायित्व निर्वाह गर्न सरकारलाई आग्रह !!

कयौं नेपाली कयौं दिनदेखि भारत संगको विभिन्न सिमा नाकामा अलपत्र स्थितिमा छन् । पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सिमा क्षेत्रमा आइपुगेको विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको छ ।
भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउने बारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन् ।
जोखिम रहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ । अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।
लुकिछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग
नेपाली कांग्रेस

 

 

सम्बन्धित खवर