नगरको बजार र योजना अनुगमन् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नगरको बजार र योजना अनुगमन्

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको अनुगमन् समितिले स्वास्थ्य सतर्कता अपनाउँदै विहीबार बजार र योजनाहरुको अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रहरी सहितको टोलीले वडा नम्वर १ स्थित पथरी बजार क्षेत्रमा विहानको समयमा किनमेलमा बढेको भिडभाडलाई नियन्त्रण गर्दै ग्राहक र पसलेलाई स्वास्थ्य सतर्कता अपनाउन र भिडभाडको वातावरण नबनाउन अनुरोध गरेको छ ।टोलीले, कोरोना भाइरसको संक्रमणबाट जोगिन ज्यादै स्वास्थ्य सतर्कता अपनाउँदै अत्यावश्यक खाद्यान्न खरिद र औषधि उपचार बाहेकका काममा बाहिर ननिस्किन अनुरोध समेत गरेको छ ।यस क्रममा, प्राविधिक सहितको टोलीले आजै ३ वटा योजना अनुगमन् समेत गरेको छ ।

वडा नम्वर १० स्थित नमूना टोलको खगेन्द्र खड्काको घर जाने बाटोमा नगरको ५ लाख रुपैयाँको स्टिमेटमा निर्मित कल्भर्टको अनुगमन् गरेको छ । कल्भर्ट, ४ मिटर लम्वाई, ५ मिटर चौडाई रहेको रहेको छ । सोही वडाको सोमबारे बजार हुँदै सयपत्री टोलबाट संगमचोक जोड्ने बाटोको ग्राभेलिङ कार्यको पनि अनुगमन् भएको छ । ४ लाख ६० हजार रुपैयाँको लागतमा ७ सय ४० मिटर लम्वाई र ४ दशमलब ५० मिटर चौडाईको बाटो ग्राभेल भएको हो ।, वडा नम्वर ९ को महाराजाथान पश्चिम डाँसखोला जाने बाटोमा ४ लाख २ हजार ५ सयको लागत स्टिमेटमा स्तरोन्नती गरिएको योजनाको पनि अनुगमन् भएको छ । सो बाटोलाई ४ सय ४० मिटर लम्वाई र ३ दशमलब ५० मिटर चौडाईको बनाइएको हो । टोलीले अघिल्लो पटकको अनुगमन्मा केही थप व्यवस्थित गर्नुपर्ने सुझाव दिएपछि व्यवस्थित गरिएका योजनाहरु तथा अन्य केही निर्माणाधिन योजनाको पनि अनुगमन् गरेको छ

सम्बन्धित खवर