
साइनो समाचारदाता
पथरी । विहीबार नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भरतपुरको प्रयोगशालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको र उनको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयको सहप्रबक्ता डा.समिर कुमार अधिकारीले जनाए । बिहीबार बिहानै पनि कपिलवस्तुकी ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रागिरीका ३२ वर्षीय पुरूषमा पनि संक्रमण देखिएको थियो। समाचार तयार पारिरहेको बखत संक्रमितको संख्या २ सय ४६ पुगेको छ।
















