साइनो समाचारदाता
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
रुपन्देहीमा ९ पुरुष र ३ जना महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष, १ महिला र नवलपरासीमा १ एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो।
आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेको, २ सय ४५ जना आइसोलेसन रहेको र ३५ जना निको भएको उल्लेख छ । परीक्षणको दुई विधि मध्ये पीसीआरबाट २१ हजार ३ सय ६४ जनाको र आरडीटीबाट ६० हजार ३ सय १९ जनाको परीक्षण गरिएको हो । मन्त्रालयको वेव साइट अनुसार हालसम्ममा आरडीटी परीक्षण मध्ये २१ हजार १ सय २१ जनामा संक्रमण देखिएको छैन । विश्वभरीको कोरोना रिपोटविश्वभरीमा ४० लाख ९८ हजार १८ जनामा संक्रमित देखिएको र २ लाख ८३ हजार २ सय ७१ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

















