परम्परागत ज्ञान र सीप माथि धावा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

परम्परागत ज्ञान र सीप माथि धावा

मालिना सुव्वा, पाँचथर

आदिवासी जनजातिहरु स्वभावैले परम्परागत ज्ञान र सीप भएका समूदाय हुन् । उनीहरुको जीवन, जीवन बाच्ने पद्धति परम्परागत संस्कार तथा संस्कृतिबाट निर्देशित र संचालित हुने गर्दछन् । तर पछिल्लो समयमा राज्य प्रणालीको असहिष्णु व्यबहार, कानुनी मान्यताका कारण ती परम्पराहरु खतराको सूचिमा परेका छन् ।

आदिवासी जनजातिको परम्परागत ज्ञान र सिपको मूख्य संरक्षक र पालनाकर्ता तथा पुस्ता हस्तान्तरणकाबाहक महिलाहरु हुन् । तर पछिल्लो समयमा हिन्दू पितृसत्तासंगको हिमचिम र प्रभावका कारण यस्ता परम्पराहरु मासिँदै गएका छन् । यसका बावजुत पनि केही आदिवासी जनजाति समूदायमा प्रथाजनित कानुन र परम्पराहरु जिवित रहेको अनुसन्धानहरुले पुष्टि गरेको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महसंघको अनुसन्धान प्रतिबेदन अनुसार राउटे, थारू, थकाली, मार्फाली थकाली, नेवार, गुरुङ, तामाङ र झाँगडजस्ता केही आदिवासी जनजातिमा परम्परागत संस्थाहरु अझै पनि सशक्त रहेका छन् । तर सोही प्रतिबेदनमा मगर, राई र लिम्बूजस्ता केही आदिवासी जनजातिमा यस्तो परम्परा लोपोन्मूख अवस्थामा पुगेको बताइएको छ भने भुजेललगायतका केही आदिवासी जनजातिमा यस्तो परम्परा लोप नै भई सकेको उल्लेख छ ।

नेपाली महिला आन्दोलनमा पितृसत्ता बिरुद्धको आवाज निकै शसक्त सुन्ने गरिन्छ । तर आदिवासी जनजाति महिलाको समाज पितृसत्ताबाट मुक्त समाज हो । तथापि लामो समय देखि हिन्दु पितृसत्ताको सरसंगतका कारण पितृसत्ताको छायाँ देखिएको आन्दोलनकर्मीहरुको भनाई छ ।

आदिवासी महिलालाई हिन्दूकरण बनाउन राज्यका नीति, काननुहरुले पनि प्रेरित गर्दछ । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले वि.सं. १९१० (सन् १८५४) मा जारी भएको पहिलो लिखित कानुनी संहिताबाट सुरु भएको हिन्दूकृत कानुनी परम्परा नेपालको संविधान २०७२ सम्म कायम रहेको छ । यी कानुनहरु मूलतः हिन्दु विधिशास्त्र र केही मात्रामा बेलायती बिधिशास्त्रमा आधारित छ । दुवै प्रणालीमा आदिवासी जनजाति समुदायका प्रथाजनित कानुनले कुनै स्थान पाउँदैनन् । नेपालका नीति, योजना र कार्यक्रमहरू पूर्ण रूपमा हिन्दु धर्म, परम्परा , संस्कृति, मान्यता र मूल्यबाट निर्देशित छन् ।

आदिवासी जनजाति समुदाय र आदिवासी जनजाति महिलाको परम्परागत, ज्ञान र सीप उनीहरूको भूमि, भूभाग र स्रोतहरूमाथि पूर्णतः निर्भर हुने प्रकृतिका हुन्छन् । तर, आदिवासी जनजातिहरूले आफ्नो भूमि, भूभाग र स्रोतहरूमाथि स्वामित्व र नियन्त्रण गुमाउँदै गएका कारण यस्तो परम्परा मासिँदै गएको छ ।

विगतमा राई, लिम्बू, तामाङ, माझी, याक्खा र थकालीहरूको भूमि, भूभाग र स्रोतहरुलाई किपट भन्ने गरिन्थ्यो, जसलाई राज्यले कानुनी मान्यता प्रदान गरेको थियो । तर ती सबै स्रोतहरु राज्यले नै लिएको छ । धेरै आदिवासी अगुवाहरुको भनाईमा आदिमकालदेखि उनीहरू आफ्नो भूमि र भूभागमा आफ्ना स्रोतहरूसाथ बसोबास गरि रहेको र खोरिया फँडानीको कृषि प्रणाली प्रयोग गरि रहेको, तर अहिले त्यसलाई सरकारले गैह्रकानुनी बनाइदिएको छ ।

उदाहरणका लागि आदिवासी थारुहरुलाई लिन सकिन्छ । परम्परा देखि उपयोग गरिरहेको स्रोतमाथि राज्य नियन्त्रण भए पछि पुख्र्यौली परम्परागत सीप पनि लोप भएको भनाई छ । बर्दिया बाँसगढीकी रामकला थारु भन्नु हुन्छ –‘स्थानीय बनमा परम्पराबाट नै दाउरा, जडीबुटी, सागसब्जी, फलफूल, माछालगायतमा निर्भर थियौ । तर हिजो आज बनमा ती पैदावर संकलन गरेमा सरकारले अपराधी बनाइदिन्छ । जंगलमा घाँस दाउरा गरेमा सुरक्षा फौजले पक्राउ गर्छ ।’

यी प्रतिबन्धका बावजुद पनि थारूहरूले सरकारले अनुमति दिएको सीमित समयमा सीमित स्रोतहरूको प्रयोगलाई निरन्तरता दिएका छन् । अन्य स्रोतहरूको उपयोग गर्दा भने उनीहरू अनावश्यक दुःखकष्ट र सजायको निरन्तर जोखिमको सामना गर्छन् । यस्तै जोखिमका कारण आदिवासी जनजाति महिलाको बीउवीजन सुरक्षित राख्ने, आदिवासी परिकार पकाउने, घरेलु रक्सी पार्ने र माछा मार्ने जस्ता प्रथाजनित सिप र कार्य लोप हुन लागेको छ ।

माझी महिलामा घरेलु रक्सी र मर्चा बनाउने उनीहरुको परम्परागत सिप हो । काठको उत्पादन, बीउ वीजन संरक्षण, माछा मार्ने कृषि र पशुपालनसम्बन्धी सिप पनि अहिले लोप हुन लागेको छ । काठमाडौ उपत्यका वरीपरि बस्ने तामाङ महिलाको जानकारीमा रहेको परम्परागत सिप घरेलु रक्सी उत्पादन गर्ने हो । तर जंगलमा प्रबेश नपाए पछि दाउराको अभाव र रक्सीका लागि आवश्यक पर्ने कच्चापदार्थ बनजन्य कन्दमूलको अभाव अनि सरकारले यी रक्सी माथि प्रतिबन्ध लगाएका कारण लुकी लुकी यो सिपको प्रयोग गर्नू परेको छ ।

मद्यपान निषेधित) क्षेत्रको आन्दोलन अर्को स्थानीय सिप बिरोधी अभियान हो । यस्ता अभियानले जाँड र रक्सी दुवैको उत्पादन, विक्री वितरण र सेवनलाई प्रतिबन्धित गर्दछ, र प्रहरीले प्रायः छापा मारेर जाँड र रक्सी कब्जा गरी नष्ट गर्नेगर्छ तर डिस्टिलरीले उत्पादन गरेका र विदेशबाट आयातित महँगा मदिराको विक्री वितरण र सेवनलाई भने खुला स्वीकृति प्रदान गर्छ । आदिवासी जीवनको संस्कार, धार्मिक र आध्यात्मिक समारोहमा जाँड र रक्सीको प्रयोग अनिवार्य मानिन्छ । तर, यस प्रकारको प्रतिबन्धले आदिवासी महिलाको स्वरोजगार तथा धार्मिंक आस्था माथि सिधा धावा बोलिरहेको कुरा भने कमैले हेक्का राखेका होलान ।

साभारः इन्डिजिनियस फिचर सेवा)

सम्बन्धित खवर