साइनो समाचारदाता
काठमाडौं । याक्थुङ युवा मञ्चको केन्द्रीय महाधिबेशन स्थगत गरिएको छ । आज सूचना जारी गर्दै आगामी जेठ १० र ११ गते पान्थरको फेदेनमा हुने भनिएको महाधिबेशन स्थगित भएको हो ।
गत फागुन ३ गते विजयपुर धरानमा सम्पन्न मञ्चको पाँचौँ केन्द्रीय बैठक र दोस्रो परिषद् बैठकले दोस्रो ऐतिहासिक महाधिवेशनको मिति तय गरेको थियो । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण सिर्जना भएको प्रतिकुल परिस्थितिको बीच महाधिवेशन सम्पन्न हुन नसक्ने र अनुकुल वातावरण बनेपछि मिति निर्धारण गरी महाधिवेशन गरिने मञ्च अध्यक्ष भुपेन्द्र खुदाङले जनाए ।

















