साइनो समाचारदाता
काठमाडौं । गृहमन्त्रालयले लकडाउनलाई थप प्रभाबकारी बनाउने भएको छ । मंगलवार साँझ एक सूचना जारी गर्दै एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका ईपाससहित सम्पूर्ण सवारी पासहरु खारेज गरेको जनाएको छ ।
कोरोना कोभिड–१९ भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । निर्णय जेठ १ गतेदेखि लागु गृहले जनाएको छ । अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए उपत्यका बाहिरका जिल्लाहरूको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृितमा मात्र पास जारी गर्ने पनि गृहले निर्णय गरेको छ । गृहले जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास बिना एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी आवगमन भए गरेको पाइए तत्काल सुरू जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउनु पर्ने निर्देशन पनि दिएको छ ।
















