
फाइल तस्बिर।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्नेछ।
‘भोलि ११ बजे स्थायी कमिटी बैठक बस्ने जानकारी आएको छ,’ नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले सेतोपाटीसँग भने। यसअघि २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा बैठक बोलाउन माग गरेका थिए। नेकपाको विधानमा तीन महिनाको अन्तरमा बैठक बस्नुपर्ने उल्लेख छ। गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो। बैठकमा पेश गर्ने एजेन्डामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा मिलेको थिएन। एजेन्डा तय गर्न वैशाख २४ गते बसेको सचिवालय बैठक प्रधानमन्त्रीले म थाकें भन्दै उठेर गएपछि स्थायी कमिटी बैठक अनिश्चित भएको थियो। -सेतोपाटी
















