
साइनो समाचारदाता
इलाम । इलामको माइजोगमाई गाउँपालिकास्थित नामसालिङ्गको शुक्रबारे बजारमा भीषण आगलागी भएको छ ।
गएको राति ९ः३० बजेबाट सुरु भएको आगोलागी आज विहान ३ वजे स्थानीय र प्रहरीले नियन्त्रणमा आएको थियो । आगलागी हुँदा स्थानीय मांगेलाल गर्ग, छत्रकुमारी दर्जी र रुकमिणी प्रधानका तीनवटा काठका घर जलेर नष्ट भएका हुन । गर्ग र दर्जीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने प्रधानको घर आगलागी नियन्त्रण गर्ने क्रममा भत्काईएको छ । मेची लोकमार्गबाट आगलागी भएको स्थल १० किलोमिटर भएपनि कच्ची सडक भएकाले दमकल पुर्याउन समस्या भएको थियो । स्थानीय बजारमा प्रहरीको संख्या न्युन भएकाले फिक्कलबाट प्रहरी परिचालन गरेका थियो । आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ७० लाख बढीको क्षति भएको स्थानीय प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले क्षति बिबरण संकलन भइरहेको जानकारी दिए। आगलागीको कारण खुल्न सकेको छैन ।
















