साइनो समाचारदाता
काठमाडौ । कोरोना संक्रमित १ सय ३४ मध्ये ३३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजै नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्।

कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभुमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष, रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दियाको राजापुर ५ का ११ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए। आज सोमबार नै बिहान १० र दिउसो १ जना संक्रमित थपिएका थिए।
यस्तो छ नेपालको कोरोना रिपोट
सोमबारसम्म ५८ हजार ५ सय ४६ जनाको आरडीटीबाट परीक्षण गरिएको छ । पीसीआरबाट १७ हजार ८ सय ८१ जनाको परीक्षण गरिएको मध्ये १७ हजार ६ सय ८८ संक्रमण देखिएको छैन । त्यस्तै १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा रहेको, १ सय ५३ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म सबैभन्दा बढि प्रदेश ५ मा संक्रमित देखिएका छन् । सो प्रदेशमा संक्रमितको संख्या ५३ पुगेको छ । त्यसपछि प्रदेश १ मा ३५, प्रदेश २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
विश्वभरीको कोरोना रिपोटविश्वभरीमा ३८ लाख ८४ हजार ४ सय ३४ जनामा संक्रमित देखिएको र २ लाख ७२ हजार ८ सय ५९ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
















