साइनो समाचारदाता
काठमाडौ । कोरोना संक्रमित १ सय २० मध्ये ३३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज विहान मन्त्रालयले जारी गरेको विज्ञप्तीमा कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । सक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । एक जनाको भने उमेर खुलेको छैन । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
सोमबारसम्म ५६ हजार ६ सय ५७ जनाको आरडीटीबाट परीक्षण गरिएको छ । पीसीआरबाट १६ हजार ९ सय ८ जनाको परीक्षण गरिएको मध्ये १६ हजार ७ सय ८८ संक्रमण देखिएको छैन । त्यस्तै १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको, १ सय ६४ जना आइसोलेसनमा रहेका छन् । विश्वभरीमा ३८ लाख ८४ हजार ४ सय ३४ जनामा संक्रमित देखिएको र २ लाख ७२ हजार ८ सय ५९ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ
















